

रास्वपा सभापतिकै भूमिकामा सक्रिय भए रवि



काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिकै हैसियतमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा कारागार पुगेका उनी शुक्रबार रिहा भएका थिए । त्यसपछि आज बसेको केन्द्रीय समितिमा उनी सभापतिकै रुपमा क्रियाशील भएका हुन् । आजको बैठक उनकै अध्यक्षतामा जारी छ ।
जेल चलान भएपछि रविले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । आज उनै अर्यालले कार्यकक्षमा लामिछानेलाई सभापतिकै रुपमा स्वागत गरे ।
त्यसअघि लामिछानेलाई बनस्थलीमा रहेको पार्टी कार्यालयमा नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए । जेलबाहिर आएपछि केन्द्रीय कार्यालय पुगेका लामिछानेले सम्बोधन पनि गरे ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया