

सञ्चारमन्त्री खरेलले गरे १०० दिनको प्रगति विवरण सार्वजनिक



सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धीहरु सावर्जनिक गरेका हुन् । प्रगति सार्वजनिक गर्दै मन्त्री खरेलले आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको जानकारी गराए ।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकेर अनलाइन सञ्चार माध्यमको दर्ता र नविकरण लगायतका कार्यहरु सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।
उनले भने,‘आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको छ । छापाखाना तथा प्रकाशन सम्बन्धि ऐन २०४८ को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकि अनलाई सञ्चार माध्यमको दर्ता र नविकरण लगायतका कार्यहरु सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको छ ।’
त्यस्तै स्वर्गीय पत्रकार सुरेश रजतको सहीद घोषणा गरिएको, गोरखापत्रमा भाषा थपगरी ४६ भाषाको समाचार तथा लेख रचना प्रकाशन सुरु भएको उनले बताए ।
त्यस्तै उनले आफूले सय दिनमा उल्लेखनीय काम गरेको दावी समेत गरेका छन् ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया