

सञ्चारमन्त्री खरेलले गरे १०० दिनको प्रगति विवरण सार्वजनिक



सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धीहरु सावर्जनिक गरेका हुन् । प्रगति सार्वजनिक गर्दै मन्त्री खरेलले आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको जानकारी गराए ।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकेर अनलाइन सञ्चार माध्यमको दर्ता र नविकरण लगायतका कार्यहरु सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।
उनले भने,‘आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको छ । छापाखाना तथा प्रकाशन सम्बन्धि ऐन २०४८ को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकि अनलाई सञ्चार माध्यमको दर्ता र नविकरण लगायतका कार्यहरु सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको छ ।’
त्यस्तै स्वर्गीय पत्रकार सुरेश रजतको सहीद घोषणा गरिएको, गोरखापत्रमा भाषा थपगरी ४६ भाषाको समाचार तथा लेख रचना प्रकाशन सुरु भएको उनले बताए ।
त्यस्तै उनले आफूले सय दिनमा उल्लेखनीय काम गरेको दावी समेत गरेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया