

नव प्रभात बचत तथा ऋण सहकारीको २२औँ वार्षिक साधारणसभा, विभिन्न विधामा शेयर सदस्यलाई सम्मान



राजेन्द्र खनाल, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बर्दहवा स्थित श्री नव प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २२ औँ वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार वडा नम्बर ९ बक्सिसपुरमा संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा नव प्रभात बचत तथा ऋण सहकारी संस्थाका सचिव दिपक कुमार कुवँरले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने लेखा समितिका संयोजक निर्मला खरालले लेखा प्रतिवेदन र संस्थाका अध्यक्ष बसन्त खनालले आर्थिक वर्ष २०८२÷०८३ को भावि योजना र कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गरे।
सचिव कुवँरको प्रगति प्रतिवेदनका अनुसार नव प्रभात बचत तथा ऋण सहकारी संस्थाले गत एक आर्थिक वर्षमा४२ करोड ४६ लाख ६२ हजार ८८३ रुपैँया ७ पैसाको आर्थिक कारोवार गरेको छ । संस्थाको खुद नाफा ८ प्रतिशत अर्थात ३९ लाख ६४ हजार ४५८ रुपैँया रहेको छ भने सहकारीको वैँक मौजदात बढ्दो देखिएको छ । सहकारीको आर्थिक वर्ष २०८१÷०८२ मा ५ करोड ४४ लाख ९७ हजार ४४५ रुपैँया तरलता देखिएको हो ।

जम्मा एक हजार ४०७ शेयर सदस्य आबद्ध रहेको नव प्रभात बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुमा ऋण प्रवाहका लागि सवारी कर्जा २५ लाख सम्मको कर्जा प्रवाहको प्रस्तावलाई अनुमोदन गराएको छ । यस्तै सहकारीले ऋण असुलीमा जोड दिने र बचतकर्तालाई प्रथामिकतामा राख्ने कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि अघि सारेको छ ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले सामान्य अवस्थाबाट सुरु भएको यो सहकारीले पछिल्ला वर्षमा आउँदा आर्थिक गतिविधिमा राम्रो काम गरेको भन्दै नगरपालिकाबाट पनि बचत सहकारीमा सर्वाेत्कृष्ट सहकारीको रुपमा सम्मान पाएको बताए । आर्थिक तरलतालाई घटाउने उपाय र शेयर सदस्यमैत्री नीति कार्यक्रममा जोड दिन पनि उनले संचालक समितिलाई आग्रह गरे ।

कार्यक्रममा नव प्रभात बचत तथा ऋण सहकारी संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहाकार समितिका सदस्य भुवनेश्वर पौडेल, सहकारीका पुर्व लेखासमितिका संयोजक लालमणी अधिकारी, संचारकर्मी बाबुराम रायमाझी लगाएतले सम्बोधन गरेका थिए ।
संस्थाको वार्षिक साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट कारोवार गर्ने सदस्य, उत्कृष्ट बालबचतकर्तासहित गत एक आर्थिक वर्षको अवधिमा शेयर रकम ५० हजार बनाएका शेयर सदस्यहरुलाई करुवासहित सम्मान गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष बसन्त खनालको अध्यक्षता, वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यतासहित उपाध्यक्ष सीता पोख्रेलको स्वागत मन्तव्य र सचिव दिपक कुवँरको संचालनमा सम्पन्न भएको हो ।
वि.सं. २०५४ सालमा स्थापना भएको नव प्रभात बचत तथा ऋण सहकारी संस्थाले हाल सम्म आउँदा १ करोड २४ लाख १ हजार २०० शेयर पुँजी र १४ करोड ६ लाख बढी निक्षप रहेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया