

१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने





काठमाडौँ– विश्व फुटबलका महान् फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत भ्रमणका लागि कोलकाता आइपुगेका छन्।
अर्जेन्टिनाका विश्व च्याम्पियन फुटबल स्टार मेसी आफ्ना क्लब सहकर्मी तथा उरुग्वेका स्टार फुटबलर लुईस सुआरेज र अर्जेन्टिनी समकक्षी तथा मिडफिल्डर रोड्रिगो डी पोलसँगै भारत आइपुगेका हुन्।
उनले भारतमा रहँदा जेड श्रेणीको सुरषा पाउने जनाइएको छ। भारत आउने तयारीसँगै उनका समर्थकहरुले उनको स्वागतको तयारी गरेका थिए।
उनी स्थानीय समय अनुसार शनिबार बिहान २:३० बजे कोलकाता एयरपोर्ट आइपुगेका थिए। उनीहरूको आगमनलाई लिएर एयरपोर्टमा प्रशंसकहरूको भीड लागेको थियो।
भारत भ्रमणको सुरुवात गर्दै मेसीले शनिबार बिहान ११ बजे कोलकातामा निर्माण गरिएको ७० फीट अग्लो आफ्नो स्ट्याच्यु (शालिक) को भर्चुअल उद्घाटन गरे। यस कार्यक्रममा बलिउड सुपरस्टार शाहरुख खान पनि सहभागी थिए।
मेसीको यो भ्रमण संयुक्त राष्ट्रसङ्घको बाल सङ्गठन युनिसेफ (युनिसेफ) को सद्भावना दूतको रूपमा ‘गट इन्डिया’ टूर अन्तर्गत रहेको छ। उनी युनिसेफका कार्यक्रमहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले भारत आएका हुन्।
उनी भारतका विभिन्न मैदानमा पुग्दा उनलाइ हेर्नका लागि दर्शकहरुले भने ठूलो मूल्य तिर्नु पर्ने छ। हैदराबादको उप्पल स्टेडिमयमा टिकटको मुल्य २ हजार २ सय ५० भारतीय रुपैया सर्वाधिक कम मूल्यका रुपमा रहेको छ।
त्यस्तै कोलकातामा उनलाई हेर्नका लागि ४ हजार ३ सय ६६ रुपैयाको टिकट मूल्य तोकिंदा मुम्बइमा ७ हजार ८० रुपैया तोकिएको छ। त्यस्तै दिल्लीमा ७ हजार ६ सय ७० तोकिएको छ। यसअघि उनी सन् २०११ मा भारत आएका थिए।
तीन दिनमा चार सहर भ्रमण गर्ने
मेसीले डिसेम्बर १५ सम्म तीन दिनभित्र भारतका चार प्रमुख सहरहरूको भ्रमण गर्ने छन्। यस भ्रमण तालिकामा कोलकाताबाहेक हैदराबाद, मुम्बई र नयाँ दिल्ली समावेश छन्।
मेसीले कोलकातामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा ‘प्रिन्स अफ कोलकाता’ नामले चिनिने सौरभ गांगुलीसँग भेट गर्ने कार्यक्रम छ। मुम्बईमा भेटघाटका क्रममा उनले क्रिकेटका भगवान्का नामले परिचित सचिन तेन्दुलकर सँग भेटवार्ता गर्ने छन्।
नयाँ दिल्लीमा भ्रमण समापन गर्ने कार्यतालिका मेसीको रहेको छ। जहाँ उनले डिसेम्बर १५ मा भारतीय प्रधानमन्त्री नरेंद्र मोदी सँगको भेटघाटसँगै यात्रा टुङग्याउने छन्।
मेसीसँगै आएका लुईस सुआरेज हाल अमेरिकन मेजर लिग सकर (एमएलएस) मा मेसीकै टिम इन्टर मियामी बाट फुटबल खेल्ने गरेका छन्। उनीहरूले स्पेनिस क्लब बार्सिलोना मा पनि लामो समय सँगै खेलेका थिए र उनीहरूबीच व्यावसायिक सम्बन्धबाहेक गहिरो व्यक्तिगत मित्रता पनि रहेको छ।
यस्तो छ मेसीको भ्रमण तालिका
१३ डिसेम्बर
बिहान १:३० : कोलकाता एयर पोर्ट आइपुगे
९:३०-१०:३०: कोलकातामा समर्थकसँग भेटघाट
१०:३०-११:१५: आफ्नो मुर्तीको भर्चुअल उद्घाटन
११:१५-११:२५: युवा भारतीय स्टेडियममा पुग्ने
११:३०-१२: इडेन गार्डेनमा शाहरुख खानसँग भेटघाट
१२: मुख्य मन्त्री ममता बेनर्जी तथा क्रिकेटर सौरव गांगुलीसँग भेटघाट
१२:३० देखी इडेन गार्डेनमा मैत्रीपूर्ण खेल तथा समर्थकहरुसँग अन्तकृया
दिउँसो २ बजे: हैदराबाद प्रस्थान
४ बजे: हैदराबाद अवतरण
७ बजे: ७ विरुद्ध ७ खेल तथा म्युजिकल कन्सर्ट (उप्पल स्टेडियम)
राति ८ बजे: एग्जिबिसन खेल तथा मुख्यमन्त्री रेवंत रेड्डीसँग भेटघाट
१४ डिसेम्बर: मुम्बइ
दिउँसो ३:३० बजे : प्याडल कपमा सहभागि हुने
४ बजे: सेलिब्रेटि फुटबल खेल हुने जहाँ सुनील क्षेत्री सँग भेटघाट
५ बजे: च्यारिटी फेशन शो (वांखडे स्टेडियम)
१५ डिसेम्बर: दिल्ली
बिहान: प्रधानमन्त्री नरेन्द्र मोदीसँग (पिएम निवास) भेटघाट
१:३० : सम्मान समारोह अरुण जेट्ली स्टेडियम


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया