

पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते



पाल्पा | पाल्पामा शुक्रबार बिहान फोर्स मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरुणखोलाबाट रामपुरतर्फ आइरहेको लु १ ज ३९०८ नम्बरको फोर्स गाडी निस्दी गाउँपालिका–४ चिउरीबासका दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए ।
गाडी घुम्तीनजिकै सडकबाट झन्डै ५०० मिटर तल खोल्सामा खसेको थियो । मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेको उद्धार भइरहेको ठकुरीले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया