आज २०८२ मंसिर २५ गते विहिबार: हेर्नुहाेस’आजको राशिफल

आजको राशिफल बिसं २०८२ मंसिर २५ गते विहिबार ईसं २०२५  डिसेम्वार ११ नेपाल सम्बत ११४६ थिंलागा सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, पुष कृष्ण सप्तमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, विश्कुम्भ योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशिको हुनेछ । आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

इच्छा पूरा हुने दिन हो, लव मेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा दिलचस्पी जाग्न सक्छ, आन्तरिक प्रतिभाको प्रदर्शन गरी प्रशंसा बटुल्न सकिने छ । आत्मविश्वासमा वृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षा क्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहना गुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । अध्ययन÷अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । खिसीटिउरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्‍याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहु प्रतीक्षित आकाङ्क्षाले पूर्णता पाउने समय हो । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगी साथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । सामाजिक र परोपकारी काममा मन जानेछ । आज घरमा सम्पर्क गर्ने दिन हो, खास गरी दाजुभाइ र चेलीबेटीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, आज कुनै कुनै समयमा तपाईँ अरू वेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सुषुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईँले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कठोर र क्रूर निर्णय लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । आनन्द र रमझममा दिन बित्नेछ, तथापि आज भोग वृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुन्छ, नत्र आनन्द प्राप्त गर्नुको सट्टा झमेला व्यहोर्नुपर्ने समय हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

जिम्मेवारीको भावना र कर्तव्यपालन देखेर सबैले तपाईँको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगी साथीसँग पुनर्मिलन हुने समय हो । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्र वर्गको साथ जुटाउन सके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ । जुनियर स्टाफ वा सँगी साथीको क्रियाकलापले तपाईँको चिन्ता बढ्न सक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नति पथका हरेक विघ्न बाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु हात पर्न सक्छ, सँगी साथी र सहयोगीहरूको साथ पाउनाले हिम्मत बढ्ने तथा प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने समय छ । लेखन÷प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटर सम्बद्ध काम वा वाणी प्रधान कामबाट फाइदा लिने दिन हो । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मातापिता र गुरुजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । सुदूर र दुर्गम प्रदेशको भ्रमणको योजना बनाउने दिन हो । धार्मिक-सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धार्मिक-सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेसन र योग गर्नु राम्रो हुन्छ । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागि मात्र होइन, आफन्तका निमित्तसमेत तपाईँको दृढता र हौसला आवश्यक देखिन्छ । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्न सक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

जागरूकता र इच्छा बढ्ने समय हो, तपाईँ कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ । काममा भन्दा पनि मन आनन्द प्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घर÷परिवारमा रमाउने समय हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पेसागत र व्यावसायिक परिस्थिति सामान्य रहनेछ, तर स्वास्थ्यस्थितमा केही उतारचढाव देखिनाले अथवा कुनै विवाद वा झैझगडामा रुमल्लिनाले चिन्ता बढ्न सक्छ । स्वास्थ्य क्षेत्र, काठ पात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानी सम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बिचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एक अर्काको भावनाको कदर गर्नु समुचित हुनेछ ।

प्रतिक्रिया

खबर सबै