



लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’तयारी, २५ अर्बपतिहरु सहभागी हुदै

काठमाडौं । ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्बपति बुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । कार्यक्रम यही मंसिर २४, २५ र २६ गते हुँदै छ ।
विश्व शान्ति कार्यक्रमले आयोजना गर्न लागेको यो तेस्रो संस्मरणको ‘विश्व शान्ति कार्यक्रम’मा पहिलोपटक २५ अर्बपति सहभागी हुने भएका हुन् ।
कार्यक्रममा भारतको केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डा. सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसद्का पूर्वसदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, यूएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डा. सिद्दिक अहमद लगायतका व्यक्तिहरू सहभागी हुने कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाले जानकारी दिइन् ।
कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहने खतिवडाले जानकारी दिइन् । उनका अनुसार, नेपाल तथा विदेशका नेता, विद्वान, संयुक्त राष्ट्रसंघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएका व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहने छ । साथै, कार्यक्रममा लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यको सहभागिता रहने छ ।
तीन दिन चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजहरूलाई थप शान्तिपूर्ण र समृद्ध भविष्यका, लागि जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ कार्यक्रम संयोजक शेखर गौतमले बताए ।
कार्यक्रममा सांस्कृतिक प्रदर्शनी, संगीत र कलात्मक अभिव्यक्तिका सत्रहरू पनि हुनेछन् ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया