

दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु



दाङ । दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको केसी सवार रा२प ११५६ नम्बरको मोटरसाइकललाई घोराही–तुलसीपुर खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० नारायणपुरको पशुपति बोर्डिङ स्कूल नजिकै शुक्रबार ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने पिकअप भ्यानका चालकसहित सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया