

कपिलवस्तुमा अटो रिक्सा र मोटरसाइकल ठोक्किदा एकको मृत्यु


कपिलवस्तु | कपिलवस्तुको हुलाकी सडकखण्ड अन्तर्गत कृष्णनगर नगरपालिका-११ झिंगहा चोकमा अटो रिक्शा र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा विजयनगर गाउँपालिका-४ मिझुनिया बस्ने ४० वर्षीय राम कुमार चमारकाे मृत्युु भएको प्रहरी नायब उपरीक्षक रिपेंन्द्र कुमार सिंहले जानकारी दिए । उनका अनुसार चमार सवार लु ४२ प ४३५० नम्बरको मोटरसाइकल कृष्णनगरतर्फ जाँदै गर्दा बाटोमा अनटेस्ट अटाे रिक्शाकाे ठक्करबाट गम्भीर घाइते भएका थिए ।
घाइते चमारको उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाएको थियोे । घाइतेको अवस्था गम्भीर देखिएपछि त्यहाँ प्रारम्भिक उपचारपछि बुटवल रिफर गरि पठाएकाेमा उनको बाटाेमै मृत्यु भएको प्रहरीले जनाएको हाे ।
दुर्घटनामा संलग्न रिक्शा चालक कृष्णनगर नगरपालिका-६ ठूलो बुटहनिया निवासी हविबुल्ला मुसलमानको हात भाँचिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर शिवराज अस्पताल बहादुरगञ्जमा उपचार गराउँदै गरेको बताइएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया