

थपिए ८ लाख ३७ हजार नयाँ मतदाता, राष्ट्रिय परिचयपत्रबाट मात्रै करिब ५ लाख



काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । आयोगले उपलब्ध गराएको अन्तिम तथ्यांक अनुसार यस अवधिमा देशभरबाट कुल आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् ।
आयोगले सुरुमा गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय तोकेको थियो । यद्यपि, नयाँ मतदाताहरूको दर्ता चाप र सरोकारवाला पक्षको आग्रहलाई मध्यनजर गर्दै ५ मङ्सिर मध्यरातिसम्मका लागि म्याद थप गरिएको थियो । थप गरिएको समयसीमा सकिएसँगै संकलन कार्य पूर्ण रूपमा बन्द भएको छ ।
सार्वजनिक विवरण अनुसार नयाँ मतदाता दर्ता दुईवटा विधिमार्फत गरिएको थियो । परम्परागत बायोमेट्रिक्स प्रणालीमार्फत तीन लाख ४४ हजार ९१४ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।
त्यस्तै, गत २६ कात्तिकदेखि सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी नाम दर्ता गराउनेको संख्या चार लाख ९२ हजार १८० रहेको छ । तथ्यांक हेर्दा छोटो अवधिमा नै बायोमेट्रिक्स प्रणालीको तुलनामा राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुने मतदाताको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ ।


खबर सबै
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया