

प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर


प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो सवा १२ बजेतिर स्यालादेखि खलंगा जाँदै गरेको ग १ ज ७८१४ नम्बरको यात्रुबाहक जिप मल्लरानी गाउँपालिका – ४ टोप्रेस्थित सडक खण्डबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी मल्लरानी गाउँपालिका – २ की २८ वर्षीया राधिका सुनारकी १७ महिनाकी छोरी प्रतिमा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरि भट्टराईले जानकारी दिए।
उनका अनुसार आमा राधिकाको अवस्था भने मध्यम छ। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।
चालक मल्लरानी गाउँपालिका – २ का ३४ का प्रेम सुनार, प्यूठान नगरपालिका-९ कि २८ वर्षीया सिर्जना घर्ती, सोही ठाउँकी ४१ वर्षीया कल्पना सुनार र झिमरुक गाउँपालिका – ६ की ३९ वर्षीया आसुमाया चुदाराको अवस्था छन्।
सृजना घर्तीका १७ महिनाका छोरा अनिरुद्रको अवस्था मध्यम छ। घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया