

१४ औं कपिलवस्तु डान्स आइडलको अडिसन फर्म खुल्यो, यसपटक भर्चुअल सहभागिता पनि पाइने



बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा बाणगंगाको बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि पुष १ गतेसम्म संचालन हुने १६ औँ कपिलवस्तु महोत्सवमा १४ औँ कपिलवस्तु डान्स आईडलको अडिसनका लागि फर्म आजदेखि खुल्ला भएको छ । यही मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे सुरु हुने अडिसन राउन्डका लागि फर्म खुल्ला गरिएको महोत्सवका पूर्व संयोजक तथा डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए ।
प्रतिभाहरुले अडिसनका लागि भर्चुअल रुपमा भिडियोहरु पठाएर र फिजिकल रुपमा बुद्ध रंगशाला स्थित कर्भड हलमा सहभागी भएर दुवै माध्यमबाट भाग लिन पाउने संयोजक सेनले बताए ।
नृत्यमा रुचि राख्नेहरुकाबीच प्रतिस्पर्धा गराउने उद्देश्यले १४ औँ कपिलवस्तु डान्स आइडलको आयोजना गर्न लागिएको डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए । नृत्यमा रुची भएकाहरुका लागि आफ्नो प्रतिभा देखाउने डान्स आईडल एक महत्वपूर्ण प्याटफर्म भएको र कपिलवस्तु महोत्सवमा १४ औं कपिलवस्तु डान्स आइडलले रौनक थप्ने संयोजक सेनले बताए ।
डान्स आइडलमा प्रथम हुनेले रु १ लाख ३१ हजार १३१ नगद र चादीको टोपी र द्धित्तिय हुनेले ८१ हजार १८१ र तृतिय हुनेले ६१ हजार १६१ नगद र सान्तवना पुरस्कार ३१ हजार १ सय ३१ सँगै उत्कृष्ट चारलाई राष्ट्रिय स्तरको म्युजिक भिडियोमा खेल्ने अवसर दिइने सेनले बताए ।
नृत्यप्रति रुचि भएकाहरुले बाणगंगा वेलफेयर सोसाइटीको कार्यालय चारनम्बरमा सम्पर्क गर्न सक्ने डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए । कपिलवस्तुको बाणगंगा बुद्ध रंगशालामा हुने महोत्सवलाई विशेष रुपमा लिने गरिन्छ ।
सम्पर्कका लागि नम्बर
डान्स आइडल संयोजकः पदम सेन
मोबाइल नम्बरः 9857050708,
9811403000 वाट्सअप नम्बर


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया