



प्रथम कपिलवस्तु डान्स स्टारको फाइनल अडिसन सोमबार

कपिलवस्तु। कपिलवस्तु उद्योग व्यापार संघद्वारा आयोजित ‘प्रथम कपिलवस्तु उद्योग व्यापार मेला’ अन्तर्गत सञ्चालन भइरहेको ‘प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी स्टेज प्रदर्शनका लागि छनोट भएका छन् । फाइनल अडिसन भने सोमबार मंसिर १ गते हुने जानकारी डान्स स्टार संयोजक असिम कंडेल क्षेत्रीले दिए ।
यस वर्ष पहिलोपटक आयोजना हुन लागेको प्रथम कपिलवस्तु व्यापार मेला एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आगामी मंसिर ५ देखि १७ गतेसम्म बाणगंगा–८, बोडगाउँस्थित मायादेवी रंगशालामा सञ्चालन हुने भएको छ। मेलामा उपहार, मनोरञ्जन, ज्ञान र सीपको अनौठो समिश्रण प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ भन्ने मूल नारासहित सञ्चालन हुन लागेको मेला बहुआयामिक उत्सवका रूपमा प्रस्तुत हुने संयोजक खिमानन्द पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार मेलाको प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ । टिकट काट्ने प्रत्येक दर्शकले १०० रुपैयाँ बराबरको “गाईछाप सर्फ पाउडर” निःशुल्क पाउने भएकाले टिकट भुक्तानी प्रतिफलमै रूपान्तरण हुनेछ। साथै, मेलामा दैनिक “लक्की ड्र“ मार्फत एक जनाले साइकिल उपहार पाउनेछन् ।
मेलामा सर्वसाधारणका लागि फ्री कफी, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका जनमैत्री सेवा उपलब्ध गराइनेछ। प्रदर्शनीमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, पर्यटन सम्भावना, आधुनिक प्रविधि तथा विभिन्न व्यापारिक स्टलहरू रहनेछन्। यस्तै, युवामुखी कला–संस्कृति कार्यक्रम, फेसन शो, बाल उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरू संचालन गरिने तयारी समितिले जनाएको छ ।
स्थानीय व्यवसाय, कृषि उत्पादन, नयाँ प्रविधि तथा पर्यटकीय सम्भावनालाई एउटै स्थानमा ल्याइनुले मेलाले स्थानीय अर्थतन्त्र मजबुत गर्ने, रोजगारी सिर्जना गर्ने र बजार विस्तारमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।
मेलाको मुख्य आकर्षणमा ‘कपिलवस्तु डान्सिङ स्टार प्रतियोगिता’, विभिन्न सांगीतिक कार्यक्रम, फुड फेस्ट, प्राविधिक प्रदर्शन, कृषि नवप्रवर्तनका स्टलसहित दर्जनौं गतिविधि समावेश हुनेछन् । आयोजकले मेलामा करिब १ लाखभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरेको छ ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया