
प्रथम कपिलवस्तु व्यापार मेला : एक सयको टिकट किन्दा १०० कै सर्फ सित्तैमा

‘कपिलवस्तु | राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रथम कपिलवस्तु व्यापार मेला, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२मा मेला स्थलमा टिकट काटेर प्रवेश गर्ने दर्शकले टिकट मुल्य बरावरकै सर्फ उपहार पाउने भएका छन् । यहि मंसिर ५ गतेदेखि १७ गतेसम्म बाणगंगा नगरपालिका–८, बोडगाउँस्थित मायादेवी रंगशालामा आयोजना हुने उक्त मेलामा आयोजकले मेलामा पुग्नेहरुका लागि यस्तो मौका दिएको हो ।
उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा हुने यो मेला व्यापार मात्र होइन, मनोरञ्जन, उपहार, ज्ञान र अनुभव सहितको बहुमुखी उत्सवका रूपमा प्रस्तुत हुने मेला मूल आयोजक समिति संयोजक खिमानन्द पौडेलले जानकारी दिए।
पौडेलका अनुसार मेलामा प्रवेश टिकट १०० रुपैयाँ राखिएको छ । टिकट काट्ने हरेक दर्शकले १०० रुपैयाँ बराबरको “गाईछाप सर्फ पाउडर निःशुल्क प्राप्त गर्ने भएकाले टिकट शुल्क प्रतिफलमै रूपान्तरण हुनेछ । त्यसमाथि, हरेक दिन एक जनाले लक्की ड्रमार्फत साइकिल उपहार पाउने छन् ।
मेलामा आउने सबैका लागि फ्री कफी तथा निःशुल्क स्वास्थ्य परीक्षण जस्ता जनमैत्री सेवाहरू उपलब्ध गराइनेछन्।

आयोजकले यस वर्षको मेलालाई कपिलवस्तुको आर्थिक, सामाजिक र सांस्कृतिक उचाइसँग जोडिएको ऐतिहासिक पहिचानयुक्त कार्यक्रम बनाउने लक्ष्य लिएको छ। मेला क्षेत्रमा कृषि–उद्यम, स्थानीय उत्पादन, घरेलु तथा साना उद्योग, पर्यटन सम्भावना, स्थानीय हस्तकला, आधुनिक प्रविधि र विभिन्न व्यापारिक स्टलहरू प्रदर्शनीमा रहनेछन्।
युवाहरुलाई लक्षित गर्दै कला–संस्कृति कार्यक्रम, फेसन शो, बाल उद्यान, खानेकुरा स्टल, स्थानीय परम्परागत उत्पादन प्रदर्शन लगायत आकर्षक गतिविधिहरू राखिने मेला तयारी समितिले जनाएको छ।
स्थानीय व्यवसाय, कृषि उत्पादन, नयाँ प्रविधि र पर्यटकीय आकर्षण एकै ठाउँमा हुने भएकाले आयोजनाले स्थानीय अर्थतन्त्र सुदृढ गर्ने, रोजगारी बढाउने र सम्बन्धित क्षेत्रको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
मेलाका मुख्य आकर्षणमा ‘कपिलवस्तु डान्सिङ स्टार प्रतियोगिता’, विभिन्न सांगीतिक कार्यक्रम, फुड फेस्ट, प्राविधिक प्रदर्शनी, कृषि नवप्रवर्तन प्रदर्शन जस्ता थुप्रै गतिविधि समेटिनेछन्। आयोजकले मेलामा करिब १ लाखभन्दा बढी दर्शक भित्रिने अनुमान गरेको छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया