

मंसिर १८ गतेदेखि सुरु हुने ‘१६औँ कपिलवस्तु महोत्सव’मा यसपटक ‘१४औँ कपिलवस्तु डान्स आइडल’ पनि



बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा यही मंसिर १८ गतेदेखि पुष १ गतेसम्म हुने १६ औँ कपिलवस्तु महोत्सवमा १४ औँ कपिलवस्तु डान्स आईडल हुने भएको छ ।
जिल्लामा नृत्यमा रुचि राख्नेहरुकाबीच प्रतिस्पर्धा गराउने उद्देश्यले १४ औँ कपिलवस्तु डान्स आइडलको आयोजना गर्न लागिएको डान्स आइडल संयोजक पदम सेनले जानकारी दिइएको छ ।
नृत्यमा रुची भएकाहरुका लागि आफ्नो प्रतिभा देखाउने डान्स आईडल एक महत्वपूर्ण प्याटफर्म भएको आयोजक बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले जानकारी दिए । उनले आईडलमा प्रतियोगी छनोटको प्रक्रिया केही दिनमै सुरु गर्ने तयारी रहेको समेत बताए ।
डान्स आइडलमा प्रथम हुनेले रु १ लाख २१ हजार १२१ नगद र चादीको टोपी र द्धित्तिय हुनेले ८१ हजार १८१ र तृतिय हुनेले ६१ हजार १६१ नगद पाउने आयोजक बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा दिनेश क्षेत्रीले जानकारी दिए ।
नृत्युप्रति रुचि भएकाहरुले बाणगंगा वेलफेयर सोसाइटीको कार्यालय चारनम्बरमा सम्पर्क गर्न सक्ने डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए । १६ औँ कपिलवस्तु महोत्सव बाणगंगा नगरपालिकाको चारनम्बरमा अवस्थित बुद्धरंगशालामा हुदैं छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया