
बिल बिजकभन्दा बढी सामानसहित तीनवटा भारतीय ट्रक चालकसहित कपिलवस्तुबाट नियन्त्रणमा

कपिलवस्तु प्रहरीले बिल बिजकभन्दा फरक र बढी परिमाणमा सामान ल्याएको आरोपमा तीनवटा भारतीय ट्रक चालकसहित नियन्त्रणमा लिएको छ।
मायादेवी गाउँपालिका–१ स्थित सडक खण्डमा कार्यरत प्रहरी टोलीले बिहीबार राति भारतीय ट्रकहरू UP 51 BT 3932, HR 69 E 9039 र HR 58 B 8687 लाई जाँच गर्ने क्रममा सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार उक्त ट्रकहरूमा बिलमा उल्लेखित भन्दा फरक र बढी परिमाणमा विभिन्न वस्तुहरू लोड गरिएको पाइएपछि नियन्त्रणमा लिइएको हो। बरामद सामानमध्ये De-Oiled Cake (पोल्ट्री फिड) करिब ४२,२२० केजी, बास्मती चामल करिब ४२,००० केजी र सोया डक करिब ४२,००० केजी रहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।
उक्त सामानहरूको कर मूल्य सहितको कुल अनुमानित मूल्य करिब रु.१ करोड, ८० लाख १४ हजार १ सय ६९ रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका चालकहरू र बरामद सामानहरू आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार गोप्य सूचनाका आधारमा गरिएको प्रहरी कारवाहीबाट अवैध ढुवानी नियन्त्रण गर्न सफल भएको हो।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया