

भारतमा बम विस्फोट : जमुनाहा नाकामा कडाइ




भारतको दिल्लीमा भएको कार बम विस्फोटपछि यहाँस्थित नेपाल भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै चेकजाँचमा अत्यधिक कडाइ गरेको छ ।
यहाँस्थित जमुनाहा नाकाबाट आवागमन गर्ने हरेक नेपाली र भारतीय नागरिकसँग सोधपुछ गरेर उनिहरुको परिचयपत्र हेरेर मात्रै आवागमन गर्न दिइएको भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बलले जनाएको छ ।
नाकाबाट आवागमन गर्ने सवारी साधनहरुमाथि पनि कडा निगरानी राखिएको र तालिम प्राप्त कुकुरहरुबाट चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सशस्त्र सीमा बल एसएसबीका कमान्डेन्ट गंगासिंह उदावतले बताउनुभयो ।
उहाँले नेपाल भारतको नेपालगन्ज नाका पनि निकै संवेदनशील मानिएकाले यो नाकामा चेकजाँच बढाउनुका साथै प्रहरी र एसएसबीको टोलीले निरन्तर ग्रामीण क्षेत्रहरुमा समेत गस्ती गरिरहेको बताउनुभयो ।
यो नाकामा आवागमन गर्ने हरेक व्यक्तिसँग विस्तृत सोधपुछ गर्नुका साथै कडा चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सीमापारि भारतीय रुपैडिहा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रमेश सिंहले बताउनुभयो ।
उहाँले केन्द्रबाट नै सीमा नाका र आवागमन गर्ने हरेकमाथि कडाइ तथा निगरानी गर्ने निर्देशन आएकाले सोही बमोजिम गस्ती र पेट्रोलिङ बढाइएको बताउनुभयो ।
भारतको राजधानी दिल्लीको लालकिल्ला अगाडि भएको कार बम विस्फोटमा १३ जनाको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढी घाइते भएका थिए । सोही घटनापछि भारतले आफ्नो देशसँग सिमाना जोडिएका सबै नाकामा हाइ अलर्ट र कडाइ सुरु गरेको जनाएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया