

राष्ट्रिय युवा संघ नेपालको कपिलवस्तु जिल्ला कमिटी बैठक सम्पन्न


कपिलवस्तु, बाणगंगा। राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला कमिटीको बैठक हिजो मिति २०८१ साल मङ्सिर २३ गते सम्पन्न भएको थियो। बैठकमा आगामी २०८२ साल कार्तिक २७ र २९ गते तय गरिएका राष्ट्रिय कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो।

बैठकको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष तिलक गिरीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) कपिलवस्तु जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला इन्चार्ज कमरेड तेजेन्द्र बहादुर पाण्डे हुनुहुन्थ्यो।
त्यस्तै, बैठकमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला सदस्य एवं राष्ट्रिय युवा संघ नेपाल जिल्ला सह–इन्चार्ज कमरेड गोपाल मणि ज्ञवाली, राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश सदस्य कमरेड केशव खनाल, तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य कमरेड विष्णु हमाल लगायतको उपस्थिति रहेको थियो।

बैठकमा आगामी कार्यक्रमका मुख्य दुई एजेन्डा रहेका थिए :
- कार्तिक २७ गते दाङमा हुने राष्ट्रिय युवा संघको प्रदेशस्तरीय भेलामा सहभागीता सुनिश्चित गर्ने;
- कार्तिक २९ गते देशव्यापी रूपमा आयोजना हुने बृहत् जनप्रदर्शनमा सहभागिता र तयारीबारे छलफल गर्ने।
बैठकमा पार्टी र संघका नेताहरूले संगठनलाई अझ गतिशील, जिम्मेवार र जनमुखी बनाउन जोड दिएका थिए।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव पवनराज पाण्डेले गर्नुभएको थियो।
(समाचार स्रोत: राष्ट्रिय युवा संघ नेपाल, कपिलवस्तु जिल्ला, सचिव- पवनराज पाण्डे)


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया