

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा ‘असिम क्षेत्री’ निर्वाचित



कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति कपिलवस्तुको १५औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनबाट आगामी नेतृत्वका लागि असिम कडेल क्षेत्री निर्वाचित भएका छन् । शनिबार बाणगंगाको ठाकुरापुरमा सम्पन्न अधिवेशन कार्यक्रमबाट अध्यक्षमा क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन ।
सम्पन्न अधिवेशनबाट असिम कडेल क्षेत्रीको नेतृत्व रहने गरी प्रथम उपाध्यक्षमा विनोद रञ्जन, द्धितीय उपाध्यक्षमा सुमन पौडल, महिला उपाध्यक्षमा वर्षा लम्साल, सचिवमा भक्तिराम घिमिरे चयन भएका छन । यस्तै समितिको कोषाध्यक्षमा कृष्ण पाण्डे, सह सचिवमा विनोद खनाल र सह कोषाध्यक्षमा देवा चौधरी सहित अन्य सदस्यामा चयन भएका हुन ।
कार्यक्रममा जिल्ला अध्यक्ष शारदा खनालको अध्यक्षतासहित प्रतिष्ठानका केन्द्रिय सचिव दिपक गरौजाको प्र्रमुख आतिथ्यता रहेको थियो । यस्तै बाणगंगा नगरपालिकाका उप प्रमुख रिता चौधरीको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीय कलाकारहरुको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका सबै ७७ वटै जिल्लामा शनिबार नै एकैसाथ अधिवेशन सञ्चालन भएको जनाइएको छ ।
कार्यक्रममा विभिन्न कला र संकृति झल्किने सांस्कृतिक प्रस्तुतीहरु समेत प्रर्दशन गरिएको थियो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया