

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै रास्वपामा प्रवेश गरे नेता खनाल



कपिलवस्तु । करिब चार दशक लामो राजनैतिक अनुभव भएका नेता नारायण खनाल गत बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका छन । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपा ( नयाँ शक्ति ) बाट असहमत भइ बाहिरिएका नेता खनाल सहितका अन्य नेताहरुलाइ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीको केन्द्रीय कार्यालयमा एक समारोहबीच स्वागत गरेका थिए ।
नेता खनाल नेसपा ( नयाँ शक्ति ) को संस्थापक सदस्य हुन भने नेसपा ( नयाँ शक्ति ) को प्रथम महाधिवेशन बाट निर्बाचित केन्द्रीय समिति सदस्य तथा केन्द्रीय प्रशिक्षण बिभागका सदस्य रहदै आएका थिए । डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीको गठन र घोषणा गरे देखि यता उनी पार्टीको केन्द्रीय सदस्य र प्रशिक्षण बिभाग संभाल्दै आएका भए पनि लाखौं बाट सुरु गरेको पार्टी सयमा खुम्चिदा पनि नेता भट्टराईले नेतृत्व हस्तान्तरण र पुस्तान्तरण को बिषयलाइ अस्विकार गरे पछि गत भाद्र तेस्रो साता पार्टीका केन्द्रीय सचिब भरत दहाल सहित दर्जनौ केन्द्रीय नेताहरुले नेसपा ( नयाँ शक्ति ) बाट राजिनामा गरी देशमा बैकल्पिक राजनैतिक दलहरुको बीचमा एकताको निम्ति अभियान चलाउदै आएको र अहिलेको रास्वपा प्रवेश पनि त्यसै अनुरुपनै रहेको उनले बताएका छन् ।
यसरी नेसपा ( नयाँ शक्ति ) बाट रास्वपामा प्रबेश गर्ने नेताहरुमा पार्टीका केन्द्रीय कोषाध्यक्ष हरी रिजाल ,पुनरावेदन बिभागका सभापति बिष्णुहरी शर्मा ,सदाचार तथा केन्द्रीय अनुशासन बिभागका प्रमुख मोति रिजाल , संङ्गठन बिभाग प्रमुख कमल खनाल ,पार्टी केन्द्रीय सदस्य कृष्ण गौतम लगायत रहेका छन् । उनीहरु सामुहिक रुपमा रास्वपामा प्रवेश गरेका हुन ।
नेता खनालसहितका नेताहरुको पार्टी प्रबेश संङ्गै नेसपा ( नयाँ शक्ति ) का लुम्बिनी र बागमती प्रदेशका सबै नेता तथा कार्यकर्ताहरु रास्वपामा प्रबेश गरेका उनीहरुको दाबी छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया