

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै रास्वपामा प्रवेश गरे नेता खनाल


कपिलवस्तु । करिब चार दशक लामो राजनैतिक अनुभव भएका नेता नारायण खनाल गत बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका छन । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपा ( नयाँ शक्ति ) बाट असहमत भइ बाहिरिएका नेता खनाल सहितका अन्य नेताहरुलाइ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीको केन्द्रीय कार्यालयमा एक समारोहबीच स्वागत गरेका थिए ।
नेता खनाल नेसपा ( नयाँ शक्ति ) को संस्थापक सदस्य हुन भने नेसपा ( नयाँ शक्ति ) को प्रथम महाधिवेशन बाट निर्बाचित केन्द्रीय समिति सदस्य तथा केन्द्रीय प्रशिक्षण बिभागका सदस्य रहदै आएका थिए । डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीको गठन र घोषणा गरे देखि यता उनी पार्टीको केन्द्रीय सदस्य र प्रशिक्षण बिभाग संभाल्दै आएका भए पनि लाखौं बाट सुरु गरेको पार्टी सयमा खुम्चिदा पनि नेता भट्टराईले नेतृत्व हस्तान्तरण र पुस्तान्तरण को बिषयलाइ अस्विकार गरे पछि गत भाद्र तेस्रो साता पार्टीका केन्द्रीय सचिब भरत दहाल सहित दर्जनौ केन्द्रीय नेताहरुले नेसपा ( नयाँ शक्ति ) बाट राजिनामा गरी देशमा बैकल्पिक राजनैतिक दलहरुको बीचमा एकताको निम्ति अभियान चलाउदै आएको र अहिलेको रास्वपा प्रवेश पनि त्यसै अनुरुपनै रहेको उनले बताएका छन् ।
यसरी नेसपा ( नयाँ शक्ति ) बाट रास्वपामा प्रबेश गर्ने नेताहरुमा पार्टीका केन्द्रीय कोषाध्यक्ष हरी रिजाल ,पुनरावेदन बिभागका सभापति बिष्णुहरी शर्मा ,सदाचार तथा केन्द्रीय अनुशासन बिभागका प्रमुख मोति रिजाल , संङ्गठन बिभाग प्रमुख कमल खनाल ,पार्टी केन्द्रीय सदस्य कृष्ण गौतम लगायत रहेका छन् । उनीहरु सामुहिक रुपमा रास्वपामा प्रवेश गरेका हुन ।
नेता खनालसहितका नेताहरुको पार्टी प्रबेश संङ्गै नेसपा ( नयाँ शक्ति ) का लुम्बिनी र बागमती प्रदेशका सबै नेता तथा कार्यकर्ताहरु रास्वपामा प्रबेश गरेका उनीहरुको दाबी छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया