

विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएइ खेल्दैछन् । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ ।
यस सिरिजमा नेपालले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने युएईले ३ खेलमा एक जित र २ हर बेहोरेको छ । युएईले नेपाललाई पराजित गरेको थियो ।
नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १६ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेल जितेको छ ।
नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १९ खेलमा ५ जित र १२ हारसहित नेपालको १२ अंक छ । त्यस्तै १९ खेल खेलेको युएईको केबल ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।
यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया