

कपिलवस्तुमा अनुदानको मलमा व्यापक कालोबजारी, चार घरबाट २ सय २६ बोरा डिएपी बरामद


कपिलवस्तुमा अनुदानको मलको व्यापक कालोबजारी, चार घरबाट २ सय २६ बोरा DAP बरामद
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१० मेचकुरीमा अनुदानको मलको कालोबजारीको घटनामा प्रहरीले शुक्रबार बिहान छापा मार्दै कुल २ सय २६ बोरा डिएपी मल बरामद गरेको छ।
सुराकीका आधारमा गरिएको उक्त कारबाही प्रहरी उपरीक्षक सन्तोष आचार्यको निर्देशनमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा गरिएको हो। प्रहरी टोलीले मेचकुरीका विभिन्न चार स्थानमा खोजतलासी गर्दा उक्त मल बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सबै मल व्यापारी सुलेमान मुसलमानको भएको पाइएको छ। छापामारीका क्रममा शान्तराम थारुको घरबाट १५८ बोरा, दशरथ शाहीको घरबाट २१ बोरा, शिला शान्तिको घरबाट ३३ बोरा, र सुलेमान मुसलमानकै घरबाट १४ बोरा डिएपी मल बरामद गरिएको हो।

प्रहरीले बरामद गरिएको मल आवश्यक अनुसन्धानका लागि ससठाैली भन्सारमा पठाउने तयारी रहेकाे पिपराका प्रहरी निरीक्षक अर्जुन पाैडेलले साझाकुरालाई जानकारी दिए ।
स्रोतका अनुसार सरकारी अनुदानमा कृषकका लागि पठाइएको मल व्यापारीहरूले सहकारीका माध्यमबाट भण्डारण गरी बढी मूल्यमा बिक्री गर्ने कार्य कपिलवस्तुमा निरन्तर हुँदै आएको छ। यस घटनाले जिल्लामा अनुदानको मल वितरण प्रणालीमा गम्भीर अनियमितता र कालोबजारीको पुष्टि गरेको बताइएको छ।
प्रहरीले यस प्रकरणमा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया