
रवि र छविकाे सुनुवाइ स्थगित

रुपन्देही । तुलसीपुर उच्च अदालत बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवैको मुद्दा आज चौथो नम्बरमा सूचीकृत भएको थियो । तर, जोशीका कानुन व्यवसायीले स्थगित गर्न आग्रह गर्दै निवेदन दिएपछि लगाउमै रहेको लामिछानेको सुनुवाइ पनि स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
‘जोशीको तर्फबाट कानुन व्यवसायीले स्थगितको निवेदन दिनुभएपछि लगाउको मुद्दा भएकाले दुवैको स्थगित भएको हो, अब अर्को हप्ता पेशी जान्छ’ उनले नेपाल प्रेससँग भने । यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीका मुद्दा एउटै प्रकृतिका भएकाले संयुक्त रूपमा सुनुवाइ गर्न आदेश गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा उनीहरु दुवैजना थुनामा रहेका छन् । जोशी भैरहवा कारागारमा छन् भने लामिटाने केही समयअघि भैरहवाबाट नख्खु कारागारमा सारिएका छन् ।
बिगोबमोजिमको रकम बुझाइ थुनामुक्त भई बाहिरबाट मुद्दा लड्न अनुमति मागेका लामिछानेका निवेदनपछि उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको त्यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो ।
सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच आज बहस हुने र त्यसपछि नै आदेश आउने सम्भावना रहेको भनिएपनि स्थगित भएको हो । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले आजका लागि स्थगित भएको जानकारी दिए ।
जेन-जी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुबैको मुद्दा सम्बन्धी फाइल सुरक्षित रहेको अदालतले जनाएको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरेर रिहा हुन माग गर्दै भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।
यसअघि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । उक्त प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसहित पेस गरेका छन् ।
नेपालप्रेसबाट ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया