

सारथी बसले थाल्यो भर्लाबास–काठमाण्डौँ रुटमा औपचारिक यात्रा


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ९ भलवाड भर्लाबासदेखि काठमाण्डौँ सम्मका लागि नियमित रात्रि बस सेवा संचालनमा आएको छ । शुक्रबार भर्लाबास बस पार्कबाट एक संक्षिप्त कार्यक्रम गरि बसको उद्घाटन गरिएको हो ।
बाणगंगा ९ भर्लाबास देखि हरेक दिन साँझ ०५ ः ३० बजे छुट्ने सारथी बस जिनुवा– बनगाइ– बुटवल हुँदै काठ्माण्डौँ संचालन हुने जनाइएको छ ।
एकैपटक तीनवटा सारथी बस संचालनमा ल्याएका संचालक ईश्वर बहादुर कार्कीले टु वाइ टु भिआइपी प्रिमियम क्लासको आरामदायिक सोफा सिट रहेको बसमा टु बाइ टु कै डबल बेड स्लिपर दुईवटा सिट सुविधा समेत रहेको जानकारी दिएका छन् । तीन वटा बस अब दैनिक भर्लाबासबाट काठ्माण्डौँका लागि छुट्ने समेत उनले बताए ।
एसी सुविधासहितको सारथी बसमा यात्रुहरुको सहज सुरक्षित यात्राका लागि बसमा सिसिटीभि सुविधा रहेका छ भने गर्मीमा एसी र जाडोमा हिटर सुविधा जडित रहेको छ । वाइफाइ जोन, मोवाइल चार्जिङ लगाएतका अन्य सुविधा पनि यात्रुले सहज उपयोग गर्न पाउने जनाइएको छ ।
बसको उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले पहिले पनि यहाँबाट काठ्माण्डौँका लागि बस संचालन भएको भए पनि सडकको अवस्था र कोइली खोलामा पुलको अभावका कारण ति बस संचालनमा निरन्तरतामा कठिनाइ भएको भन्दै अब ति सबै समस्या समाधान भएको बताए । उनले सारथी बस संचालनले भलवाडबाट काठमाण्डौँको यात्रा गर्नेहरुलाई पनि अब सिट बुकिङ र सहज यात्रा गराउनेमा आफु विश्वस्त रहेको बताए । उनले बसका संचालकहरुलाई पनि सफलताको शुभकामना दिएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष पौडेलसहित सामाजसेवी दिपक थापा, भिमबादुर पुन, टिकट बुकिङ काउण्टर बनागाइका इन्चार्ज गोपाल रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया