विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै


काठमाडौं | इजरायल–हमास युद्धका क्रममा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज ९मङ्गलबार० राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। जोशीको आज बिहान महाकाली नदीको भुजेला घाटमा धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० सागर बोहराले जानकारी दिएका छन्।

डीएसपी बोहराका अनुसार, जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ।

इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए।

जोशीको शव सोमबार मात्रै इजरायलबाट नेपाल ल्याइएको थियो। नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली र नेपाली सेनाले स्काई ट्रकमा काठमाडौंबाट शव धनगढी विमानस्थलमा पुर्‍याई सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो।

प्रतिक्रिया

खबर सबै