परालमा आगो नलगाऔँ बरु गौशालालाई सहयोग गरौँ : बुटवल उपमहानगर

रुपन्देही । बुटवल उपमहानगरपालिकाले किसानहरूलाई धान बाली स्याहारेपछि पराल नजलाउन आग्रह गरेको छ। पराल जलाउँदा वातावरणमा प्रदूषण बढ्ने र मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले उपमहानगरले यस्तो अपिल जारी गरेको हो।
नगरप्रमुख खेलराज पाण्डेयले किसानहरूलाई खेर जाने परालजन्य वस्तुहरू बुटवलकै नन्दिनी गौशालामा गाईबस्तुको आहारका लागि उपलब्ध गराउन अनुरोध गरेका छन्। पछिल्लो समय तराईका विभिन्न ठाउँमा धान स्याहारेपछि किसानहरूले खेतमै पराल जलाउने गरेको पाइएको छ।

उपमहानगरपालिकाले बुटवल-७, शिवनगर जङ्गलमा रहेको उक्त गौशालामा छाडा चौपाया व्यवस्थापन गर्दै आएको छ। उपमहानगरले पराल उपलब्ध गराउन चाहने किसानका लागि ढुवानीको व्यवस्थापन समेत आफैँले गर्ने जनाएको छ।

प्रतिक्रिया

खबर सबै