
यस वर्षको तिहारमा विद्युतको माग घट्ने, यस्तो छ कारण

यस वर्षको तिहारमा विद्युतको माग घट्ने भएको छ। तिहारका बेला खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पछिल्ला केही वर्ष यता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको छ।
उनका अनुसार पहिलेका वर्षहरूमा तिहारका बेला घरायसी प्रयोग बढ्ने भएकाले विद्युत खपत पनि बढ्थ्यो। तर अहिले उद्योग, होटल, रेस्टुरेण्ट र अन्य व्यावसायिक क्षेत्रहरू पर्वका बेला बन्द हुने भएकाले समग्र माग घट्ने अनुमान प्राधिकरणको छ।यद्यपी विद्युत मागअनुसार पर्याप्त उपलब्ध गराउने अवस्था रहेको सिलवालले बताए।
उनकाअनुसार पहिलेको जस्तो विद्युत प्रणाली कमजोर छैन। त्यसैले, तिहारका समयमा कुनै किसिमको अभाव नहुने विश्वास प्राधिकरणले लिएको छ।
कार्यकारी निर्देशक सिलवालले भने– ‘अरू दिनको भन्दा तपाईंलाई अचम्म लाग्ला। पहिले तिहारमा बढ्थ्यो, अहिले तिहारमा डिमाण्ड घट्छ। यसको कारण तिहारमा इण्डस्ट्रीहरू बन्द हुन्छन्। त्यसकारणले हो। होटल र रेस्टुरेन्टहरू पनि चहलपल हुँदैन। त्यसैले तिहारमा सामान्यतया माग घट्छ। पहिला इन्डस्ट्रीको कन्जम्सन अलि कम थियो, डोमेस्टिक कन्जम्सन बढी थियो। तिहारमा मान्छेले डोमेस्टिकमा त बढाउने, इण्डस्ट्री नहुने । त्यसले गर्दा खपत बढी देखिन्थ्यो, पहिला। तीन/चार वर्षयताको अवस्था हेर्ने हो भने, तिहारको बेलामा चाहिँ इन्डस्ट्री नचल्ने हुनाले खपत कम हुन्छ।’
सिलवालकाअनुसार तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिका सबै तयारी अगाडि बढाइसकेको छ। नियमित विद्युत आपूर्तिका लागि कर्मचारीहरू पूर्ण रूपमा खटिनेछ। प्राधिकरणले यस्ता पर्वका समयमा आपूर्ति स्थिर राख्न वितरण लाइन, सबस्टेसन र मर्मत कार्यहरूमा आवश्यक पूर्वतयारी अघि बढाइसकेको उनको भनाइ छ।— न्युज एजेन्सी नेपाल


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया