

झिनियाँ व्यापारमा रमाएकी बाणगंगाकी ‘लक्ष्मी श्रेष्ठ’





रामबहादुर गन्धर्व, कपिलवस्तु । ७० बर्षको उमेर पछि मानिसहरू धेरै जसोले विश्राम खोजिरहेका हुन्छन् । तर कपिलवस्तुको बाणगङ्गा नगरपालिका –बैरिया निवासी लक्ष्मी श्रेष्ठ भने आफ्नो श्रम र सीपलाई बजारमा व्यवसायिक बनाउनमा सक्रिय छिन् । उनी यतिबेला तिहारमा बढी प्रयोगमा आउने झिनियाँ रोटी बनाएर त्यसको बजारीकरणमा व्यस्त छिन् ।
झिनियाँ ब्यवशायबाट उनले सिजनमा राम्रो आम्दानी गर्दै आएको बताइन। उमेरले ७० बर्ष पुगेकी लक्ष्मी श्रेष्ठ १२ बर्ष अघिसम्म जीवन सामन्य गृहणीका रूपमा बिताउदै उनी घरयासी काममै ब्यस्त थिइन् । उनले पहिलादेखि नै केही नयाँ काम काम गर्ने इच्छा थियो । त्यसैले पनि उनले परीक्षणको रूपमा झिनियाँ बनाउने सोच बनाइन , शुरू गरिन झिनिया व्यसाय । उनले बनाएको झिनियाँले राम्रो बजार पायो । सुरुमा २० हजारको लगानी गरेर झिनियाँ ब्यवशाय थालेकि उनले अहिले राम्रो आम्दानी गर्न सफल भएकी छिन् ।
यति सानो लगानीले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । श्रेष्ठले बनाएका रंगीचंगी झिनियाँ स्थानीय हाट बजार गजेहहडा, बैरिया,बनगाई, पिपरा लगायतका बजारहरूमा सजिलै पाइन्छ । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ। झिनियाँको माग तिहारसँगै दशै ,बिवाहा ,पुजापाठको सिजनमा पनि झनै बढने गर्छ । अरू बेलाभन्दा तिहारमा झिनियाँको ब्यापार बढी हुन्छ ,दशैं अघिदेखि नै झिनियाँ बनाउदै सुकाउन निकै ब्यस्त भइन्छ ,पहिला जस्तो झिनियाँमा नाफा त छैन् चामलको मूल्य बढेपछि नाफा थोरै भएको उनले बताइन् ।
श्रेष्ठका अनुसार उनले बनाएको झिनियाँ कपिलवस्तुका विभिन्न पालिका हुँदै छिमेकी जिल्ला रूपन्देहीसम्म पुग्ने गरेको छ। श्रीमान् ,छोराबुहारी र छोरीहरूसहित श्रेष्ठका नौ जनाको परिवार रहेको छ। परिवारको समर्थनले उनको हौसला बढाएको पनि उनी बताउछिन् । घरमै बसेर थोरै लगानीबाट पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने कुरा म आफुले प्रमाणित गरेकी छु, उनी मुस्कुराउँदै भन्छिन् । बुहारीले पनि मेरो काममा सघाउँछिन । परिवारको साथ पाउँदा कामको थकाइ कम लाग्छ । बिदेश गएर कठिन काम गर्नु भन्दा घरमै बसेर श्रम गर्दा पनि गर्वका साथ बाँच्न सकिने उनको अनुभव छ।
परिश्रम गर्न सक्ने हो भने स्वदेशमै धेरै अवसर छन् । मिहिनेत गर्नेले यहाँ पनि जीवन बाँच्न सक्छ ।उनले भनिन् कपिलवस्तुका अन्य महिलाहरूका लागि समेत श्रेष्ठ प्रेरणाको श्रोत बनेकी छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया