

सकारात्मक सोच र सेवाको सन्देश — लायन्स क्लब अफ कपिलवस्तुले मनायो विश्व मानसिक स्वास्थ्य दिवस


मानव जीवनमा मानसिक सन्तुलन र आत्मिक शान्ति भन्दा मूल्यवान् अरू केही हुन सक्दैन । यही सन्देश बोकेर लायन्स क्लब अफ कपिलवस्तुले विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वाणगंगा ४ स्थित पंजाबी तड्का एण्ड रेष्टुरेन्टमा भव्य तथा सार्थक कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल, नेपाल डिस्ट्रिक्ट ३२५ पि का डिस्ट्रिक गर्भनर बलाराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मानसिक स्वास्थ्य, सकारात्मक सोच र आत्म–विकासका विविध आयामहरूमा गहिरो छलफल भएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा अन्तर्राष्ट्रिय मोटिभेशनल स्पिकर राजयोगी श्री ऋषि न्यौपानेले “सकारात्मक सोचको शक्ति र आत्मिक सन्तुलन” शीर्षकमा प्रभावशाली मन्तव्य राख्दै मानसिक स्वास्थ्यको महत्वलाई जीवन्त बनाइदिएका थिए । उनको प्रेरणादायी विचारहरूले उपस्थित दर्शक तथा सहभागीहरूमा आत्मविश्वास, प्रेम र जीवनप्रतिको सकारात्मक दृष्टिकोण जगाएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुको आयोजना सहित लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनी, लायन्स क्लब अफ कपिलवस्तु स्टार, लायन्स क्लब अफ कृष्णनगर तथा लियो क्लब अफ कपिलवस्तुको समेत संयुक्त आयोजना रहेको थियो ।रहेको थियो ।
सामाजिक एकता र मानवीय सेवाको भावनालाई सुदृढ बनाउने यस कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्षहरू, सामाजिक अभियन्ता तथा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरू गरी २५० भन्दा बढी सहभागीहरूको उपस्थिती रहेको थियो ।
यस्तै कार्यक्रममा बोल्दै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलले “मानसिक स्वास्थ्य हाम्रो जीवनको मेरुदण्ड रहेको र मानिसले खुशी रहन, सोच्न र निर्णय गर्न सक्ने शक्ति उसकै मानसिक सन्तुलनमा निहित हुने बताउदै कार्यक्रमले हामी सबैमा ‘सकारात्मक सोच र आत्मिक शान्तिको’ महत्व सम्झाइदिएको बताएका थिए ।
लायन्स क्लबले सधैं यस्तै सेवामूलक, चेतनामूलक र प्रेरणादायी गतिविधिहरूलाई निरन्तरता दिनेछ।” अध्यक्ष पौडेलको भनाइ रहेको थियो ।

आयोजक सबै क्लवका अध्यक्षहरुको संयुक्त अध्यक्षता, लायन्स क्लब अफ कपिलवस्तु स्टारका अध्यक्ष सागर पोखरेलले स्वागत मन्तव्य रहेको कार्यक्रमकोसञ्चालन लायन्स क्लब अफ कपिलवस्तुका सचिव सन्दीप भट्टराईको सञ्चालन तथा विष्णु प्रसाद घिमिरकोे संयोजन रहेको थियो ।
कार्यक्रमभर “हामी सबैको मानसिक स्वास्थ्य, हामी सबैको जिम्मेवारी” भन्ने नाराले गुञ्जायमान वातावरण सिर्जना भएको थियो । सहभागीहरूका अनुहारमा उत्साह, सहकार्य र सेवाको भावना झल्कन्थ्यो ।
यसरी लायन्स क्लब अफ कपिलवस्तुले मनोबल, सामाजिक चेतना र सहानुभूतिको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै विश्व मानसिक स्वास्थ्य दिवसलाई स्मरणीय बनाएको छ — जसले समाजमा नयाँ उर्जा, नयाँ सोच र सेवा भावनाको ज्वालामुखी प्रज्वलित गरेको अनुभूति सबैले सँगै बाडे ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया