

ब्राइट लुम्बिनीद्धारा विद्यार्थी सम्मान तथा बिदाई



टिकटक प्रतियोगिताका विजेतालई पुरस्कार वितरण
पवनराज पाण्डे, जितपुर | कपिलवस्तुको चार नम्बर जितपुर स्थित ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लिले विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान तथा विद्यार्थी बिदाई र टिकटक प्रतियोगिताका विजेतालई पुरस्कार वितरण गरेको छ ।
शनिबार पिस हिमालय रिर्साेट ठाकुरापुरमा आयोजित कार्यक्रममा नेपालीहरुका महान पर्वहरु विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान गरिएको छ भने ब्राइट लुम्बिनीबाट वर्ष २०२५ अक्टोबर इन्टेकमा जापानका लागि विद्यार्थी भिषा प्राप्त विद्यार्थीहरुलाई सम्मान सहित बिदाई पनि गरीएको छ । यस पटक अक्टोबर इन्टेकमा ब्राइट लुम्बिनीबाट १२ जना विद्यार्थीले सिओई भिसा प्राप्त गर्न सफल भएका छन् । उनीहरुलाई संस्थाका प्रबन्धक असिम कडेल क्षेत्रीले मायाको चिनोसहित सम्मान गर्दै बिदाइ गरेका हुन ।
यस्तै यस वर्षको हरितालिका तीज पर्वको अवसरमा ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशनले आयोजना गरेको ब्राइट लुम्बिनी टिकटक भिडियो प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ । संस्थाले १२ औँ वार्षिकोत्सवको अवसरमा विमोचन गरेको संस्थाको गीतमा टिकटक भिडियो प्रतियोगिता गराएको थियो । जसमा सहभागीहरु मध्येबाट सबैभन्दा बढी भ्यूज, लाईक तथा कमेन्ट प्राप्त गर्न सफल भएकाहरु मध्ये बिशाल कार्की प्रथम हुन सफल भएका छन भने सबिता बेल्बासे द्धितीय र शिजल पौडेल तृतीय हुन सफल भएका छन । उनीहरुलाई नगद राशीसहित प्रशंसापत्रले सम्मान पनि गरिएको छ ।
कार्यक्रममा ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लि (लुम्बिनी लर्निङ सेन्टर) का प्रबन्ध निर्देशक असिम कडेल क्षेत्रीको अध्यक्षतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कपिलवस्तुका संस्थापक अध्यक्ष पुर्णचन्द्र परियारको बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश सदस्य शिव खनाल, कपिलवस्तु जिल्ला कार्यसमिति कोषाध्यक्ष भक्तिराम घिमिरे, संचारकर्मी पवनराज पाण्डे लगाएतको आतिथ्यता रहेको कार्यक्रमको संचालन राजेन्द्र खनालले गरेका थिए ।

कार्यक्रममा ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लिबाट सिओई प्राप्त विद्यार्थीहरु, भाषा शिक्षक, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।
ब्राइट लुम्बिनीले विजया दशमी पर्वलाई आपसी सद्भाव र एकताको प्रतिको रुपमा मनाउन सबैलाई आग्रह गर्दै सबैको सफलताका लागि पनि शुभकामना दिएको छ । संस्थाका प्रबन्धक क्षेत्रीले केहि वर्ष पहिले भाषा शिक्षा अध्यननका लागि बुटवल काठमाण्डौ जानुपर्ने बाध्यतालाई हटाउँदै पछिल्ला वर्ष कपिलवस्तु मै यस्ता धेरै शैक्षिक केन्द्रहरु स्थापित भइसकेको भन्दै खुसी प्रकट गरे । उनले आफ्नै घरको खाना खाएर वैदेशिक अध्ययनको सपनालाई साकार पार्न ब्राइट लुम्बिनी जस्ता धेरै संस्थाहरुले उल्लेख्य कदम चालेका कारण यो सबैका लागि सहज पनि भएको बताएका छन् । उनले ब्राइट लुम्बिनीबाट अक्टोबर इन्टेक सिओई प्राप्त विद्यार्थीहरुलाई सफल जीवनको पनि शुभकामना दिएका छन ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया