

चाडपर्वको मुखमा अवैध सामानको तस्करी, कपिलवस्तुबाट लाखौँ मुल्यको किवी बरामद



कपिलवस्तु | भारतबाट अबैधरुपमा भित्राइएको ३ लाख बढीको मुल्यको किबी कपिलवस्तुको कृष्णनगर नगरपालिका २ झण्डेनगरमा बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले भन्सार छली गरेका ल्याइएको ३ लाख १७ हजार ७५० रुपैयाँको किबी फेला पारिएको पारेको हो । ४४ वटा बोरामा राखिएको अवस्थामा किबी बरामद गरिएको प्रहरी नायब उपरिक्षक रितेन्द्र कुमार सिंहले बताए । बरामद किबी भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा बुझाईएको उनले बताए ।
यस्तै महराजगञ्ज नगरपालिका १० हर्दौनामा अबैधरुपमा भित्राइएका सवा लाखको बिभिन्न सरसामानसमेत बरामद गरिएको छ । जुत्ता, चप्पल, अन्डरबियर, पेन्ट, चिनी, सख्खर, तेल टायल्स लगायका सामग्री बरामद गरिएको थियो । बरामद सामान सुठौली भन्सारमा बुझाइएको छ । यस्तै मायादेवी गाउँपालिका वडा नम्बर ४ चाकरचौडामा अबैधरुपमा भित्राइएको मन्दिर आकारको १ सय ७५ पिस काठका सामग्री बरामद गरिएको छ ।
३५ हाजर बढी मुल्यको सो सामाग्री समेत सुठौली भन्सार चलान गरिएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया