

कालिका सामुदायिक वनको २३ औँ साधारणसभा, उत्कृष्ट विद्यार्थी र पुर्व कार्यसमितिलाई सम्मान





साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बक्सिसपुर स्थित कालिका सामुदायिक वन उपभोक्ता समुहको २३ औँ वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वनको सभाहलमा सोमबार आयोजित साधारण सभा कार्यक्रममा वन उपाभोक्ता समुहले पछिल्लो एक आर्थिक वर्षमा गरेका गतिविधिहरुलाई प्रतिवेदनगत सार्वजनिक गरिएको थियो ।
साधारणसभा कार्यक्रममा वनका सचिव दुर्गा मरासिनीले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभयो भने समुहका कोषाध्यक्ष रबिना भट्टराईले आर्थिक वर्ष २०८१/०८२ को कुल ४४ लाख ९२ हजार ४८७ रुपैँया ४२ पैसा बराबरको आयव्यय प्रतिवेदन सार्वजनिक गर्नुभयो । यस्तै समुहका लेखा समिति संयोजक लालमणी अधिकारीद्धारा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो भने वन कार्यसमिति अध्यक्ष टुकलाल शर्माले वार्षिक प्रतिवेदनसहित आगामी वर्षको बजेट समेत प्रस्तुत गर्नुभयो ।
अध्यक्ष शर्माले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित आम्दानीका स्रोतसहित ५२ लाख ९० हजार ६ सय ४८ रुपैँया ६५ पैसाको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । कालिका सामुदायिक वनमा जम्माजम्मी ३४५ जनसंख्या उपभोक्ताको रुपमा आबद्ध रहेका छन । उनीहरुको सहभागितामा वन उपभोक्ता समुहले सामुदायिक वन विकाससहित उपभोक्ताहरुको जीवनस्तरमा वृद्धि गर्न वन संरक्षणका गतिविधिलाई सक्रिय पनि बनाइरहेको छ ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वन उपभोक्ता समुह र वडा कार्यालयले बजेट तथा योजना तर्जुमा गर्दा एकरुपता ल्याउने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो । साधारणसभा कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएका पौडेलले वनको विकास सँगै सामुदायिक वनहरुले यहाँको सामाजिक विकासका कार्यामा महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै अझै प्रभावकारी बनाउन स्रोतको सहि सदुपयोग जोड दिनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा सव डिभिजन वन कार्यालय गोरुसिँगका फरेष्टर धर्म बहादुर सेनले प्राकृतिक स्रोत र साधन नै हाम्रा मुख्य आम्दानीका माध्यम भएकाले प्राकृतिक स्रोतको समुचित प्रयोगबाटै वनहरुको पनि विकास गर्न सकिने बताउनुभयो । उहाँले वनको विकासबाट वन उपभोक्ताहरुले नै लाभ लिन सक्ने भएकाले यसको संरक्षणसँगै उपयोगमा पनि कार्यसमिति, उपभोक्ता, स्थानीय सरकार र सव डिभिजन तथा डिभिजन वनबीचको तदाम्यता आवश्यक रहेको बताउनुभयो । वन संवद्र्धनमा आधारित वन विकासको योजनाले थोरै आम्दानीका स्रोत भएका वनहरुमा पनि अहिले आर्थिक चलायमान भइरहेको उहाँको भनाइ थियो ।
यस्तै कार्यक्रममा भलवाड स्वास्थ्य चौकी प्रमुख जितविकास रायमाझी, संचारर्मी राजेन्द्र खनाल, नमुना सामुदायिक वनका अध्यक्ष हुमलाल पौडेल लगाएतले सम्बोधन गर्नुभएको थियो ।
यसैबीच २३ औँ वार्षिक साधारणसभाको अवसरमा कालिका सामुदायिक वन उपभोक्ता समुहले वनका पुर्व कार्यसमितिका पदाधिकारी तथा सहल्लाहकारहरुलाई मायाको चिनोसहित सम्मान प्रदान गरेको छ भने आफ्नो अध्ययनमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई नगद तथा शैक्षिक सामग्रीसहित सम्मान गरेको छ ।
कार्यक्रम वन समुहका अध्यक्ष टुकलाल शार्माको अध्यक्षता, वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता, सव डिभिजन वन कार्यालय गोरुसिँगको वन फरेष्टर धर्म बहादुर सेन र खडक कुवँरको विशिष्ठ आतिथ्यता रहेको थियो भने भलवाडका विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरुको आथित्यता रहेको थियो । यस्तै कार्यक्रममा कालिका सामुदायिक वन उपभोक्ता समुहाक उपाध्यक्ष खुमकला सुनारको स्वागत मन्तव्य र सचिव दुर्गा मरासिनीको संचालनमा सम्पन्न भएको हो ।









खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया