

युवापुस्ताको साहस र संकल्पले स्थापित ‘नयाँ इतिहास’


- पर्दा पछाडिका विषयहरु पनि बिस्तारै खुल्दै जालान तर मूल कारण राजनीतिक नेतृत्व प्रती आम नागरिकको भरोसा टुट्नु नै हो ।
- मूलधारका राजनीतिक दल र तिनका नेतृत्वले पछिल्लो विध्वंस र परिवर्तनको मूल कारक आफुहरुको अक्षमता हो भन्ने कुरा निसंकोच स्वीकार गर्नुपर्दछ ।
बोधराज भुसाल | केही सामाजिक संजाल दर्ता नभएको बहानामा निष्क्रिय बनाउने गरि सरकारले कदम चाले लगत्तै बन्द संजाल खुला र विद्यमान भ्रस्टाचारको अन्त्यको माग सहित जेनजी पुस्ताका युवाहरुको आह्वान र अगुवाइमा भाद्र २३ गतेबाट सुरु भएको आन्दोलनले केवल २ दिनमै झन्डै दुई तिहाईको समर्थन प्राप्त सरकारलाई मात्र बिस्थापन गरेन जनप्रतिनिधिमूलक सर्वोच्च संस्था (प्रतिनिधि सभा) को समेत अकालमा मृत्यु भएको छ । यसका केही दुःखद पक्ष भएपनी युवाहरुको मागलाई सम्बोधन हुनेगरी अबको यात्रा अघि बढ्न सके अत्यन्तै छोटो अबधिमा अभूतपूर्व परिवर्तन हासिल भएको छ ।
यो युवा क्रान्तिमा सहादत प्राप्त गर्ने सहिदहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । छोराछोरी पुस्ताको यो अभूतपूर्व साहस र संकल्पको मुक्त कण्ठले प्रसंशा गर्दै अबिचलित एवं बेदाग भइ नेपाल र नेपालीको भाग्य र भविस्य बनेर लागिरहन शुभकामना समेत व्यक्त गर्दछु ।
यस सन्दर्भमा मूलधारका राजनीतिक दल र तिनका नेतृत्वले पछिल्लो विध्वंस र परिवर्तनको मूल कारक आफुहरुको अक्षमता हो भन्ने कुरा निसंकोच स्वीकार गर्नुपर्दछ । पर्दा पछाडिका विषयहरु पनि बिस्तारै खुल्दै जालान तर मूल कारण राजनीतिक नेतृत्व प्रती आम नागरिकको भरोसा टुट्नु नै हो । यिनै नागरिक आफैले निर्वाचित गरेर पठाएको ३ वर्ष पुग्दानपुग्दै आफ्ना प्रतिनिधि उपर यो तहको असन्तुष्टि, अविस्वास र आक्रोश उत्पन्न हुनु सामान्य विषय थिएन, नागरिकले विभिन्न माध्यमबाट आफ्ना असन्तुष्टि प्रकट गरिरहेका पनि थिए तर नेतृत्वको अकर्मण्यता र पार्टी पंक्तिले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्दा वर्षौदेखि शासनको बागडोर सम्हालेका दल र तीनका नेता जसको देशैभरी बलिया सङ्गठन, लाखौ कार्यकर्ता र जनसम्पर्क हुदाहुदै पनि भागाभाग हुनुपर्यो, आर्मीको सरणमा लुकेर ज्यान जोगाउनु पर्यो । यतिका दल र निर्वाचित प्रतिनिधि हुदाहुदै पनि संविधानले चिन्दैनचिनेको निर्दलिय सरकार बन्ने र सोही मार्फत जनप्रतिनिधिमूलक सर्वोच्च संस्था विघटन हुने स्थिति सिर्जना भयो । अब पनि दलका नेतृत्वले बुझेनन् वा दलमा रहेका युवा पुस्ताले नेतृत्वमा जवरजस्त हस्तक्षेप गरेर नागरिकसङ्ग जोडिन सकेनन् भने समयमै दलिय राजनीतिबाट सन्यास लिएर खुरुखुरु आफ्नो रोजीरोटी गरेर बसे हुन्छ ।
नागरिकको विस्वास नै सबैभन्दा ठूलो आधार हो भन्ने विषय यो परिवर्तनले पूनः जबर्जस्त स्थापित गरेको छ, जसको लागि दल र सङ्गठन बिहिन एकजना स्वतन्त्र मेयर बालेन शाहले कसरी राष्ट्रिय राजनीतिमा हस्तक्षेप र जबर्जस्त प्रभाव पारिरहेको छ भन्ने हेरे पुग्छ । अब पनि नसच्चिए पुराना राजनीतिक दल इतिहास बन्ने निश्चित छ ।
लेखक : भुसाल कपिलवस्तु विजयनगर गाउँपालिकाका योजना शाखा प्रमख हुन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया