

रूपन्देहीमा तीन दिनदेखि जारी ‘कर्फ्यू र निषेधाज्ञा’ हट्यो, निकालियो शान्ति र्याली





रूपन्देहीमा विगत तीन दिनदेखि जारी कर्फ्यू र निषेधाज्ञा शुक्रबार बिहानदेखि हटेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार मंगलबार बिहान साढे ९ बजेदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू शुक्रबारदेखि हटेको हो।
‘केही दिनदेखि जारी अस्थिर अवस्था अहिले सामान्य बन्न थालेको छ, अहिलेको लागि निषेधाज्ञा र कर्फ्यू दुवै हटाइएको छ, केही समयमा जिल्ला सुरक्षा समितिको बैठक बस्दै छौं, त्यसपछिको अवस्थालाई हेरेर के गर्ने भन्ने विषयमा छलफलपछि निर्णय गर्ने छौं,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले भने।
प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार शुक्रबार बिहानसम्म लागू गरिएको कर्फ्यू र निषेधाज्ञा हटाएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। निषेधाज्ञा र कर्फ्यू हटेसँगै सडकमा छिटपुट सवारी साधन गुड्न र पसलहरू खुल्न थालेका छन्।
शुक्रबार बिहानदेखि बेलहियास्थित भन्सार कार्यालयमा पनि अत्यावश्यक सामान सहितका मालवाहक सवारी साधन आउन थालेका छन्। गत सोमबार र मंगलबार जेनजी समूहले गरेको प्रदर्शन कारण नेपालकै लाइफलाइन बनेको बेलहिया भन्सार कार्यालय समेत प्रभावित बनेको थियो।
शुक्रबार बिहानैदेखि इन्धन, खाद्यान्न लगायतका अत्यावश्यक वस्तु बोकेका मालवाहक साधन भारतबाट नेपाल आइरहेका छन्।
‘बेलहिया नाका नेपालकै लाइफ लाइन हो, यो नाका प्रभावित हुँदा जनजीवन नै प्रभावित हुने भएकोले खाद्यान्न, पेट्रोलियम पदार्थ, खाना पकाउने एसपी ग्याँस, औषधि, फलफूल तथा तरकारीको आयातलाई सहज गर्न प्रबन्ध मिलाएका छौं,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने।
बुटवल, भैरहवा लगायत रूपन्देहीमा रहेका बैंक तथा वित्तीय संस्थाका काउन्टर खोलेर सेवा सञ्चालन गराउने तयारी गरिएको पनि उनले बताए। त्यस्तै बेलहियास्थित अध्यागमन कार्यालयमा पर्यटक आवागमनका लागि सहज बनाउन तत्काल अनलाइन भुक्तानी प्रक्रिया समेत मिलाइएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले आन्दोलनको क्रममा रूपन्देहीमा कुनै पनि मानवीय क्षति नभए पनि दर्जनौं सरकारी कार्यालय तथा निजी प्रतिष्ठान र घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएकोले त्यसको विवरण संकलन गर्ने काम भइरहेको बताए।
सरकारी र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने पनि पाण्डेले बताए।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया