
सीमित सेवा शुरु गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई सीमित कर्मचारीको प्रयोग गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपाली सेनाले जारी गरेको निषेधाज्ञाको व्यवस्थालाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएको हो। सूचनामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ। अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एक्ससको व्यवस्था मिलाउनुपर्नेछ।”
साथै, सेवा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न पनि राष्ट्र बैंकले सबै संस्थाहरूलाई अनुरोध गरेको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया