

तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ

दाङ– तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ। सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए।
आज र हिजो कारागारबाट कैदीबन्दी भागेका थिए। आज बिहान मात्रै २५३ कैदीबन्दी भागेका थिए। तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो।
आज भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उनले बताए। भाग्नेहरू सबै पुरुष कैदी हुन्।
कारागारमा जम्मा ४६९ कैदीबन्दी थिए। तीमध्ये महिला कैदीहरु भने भागेका छैनन्। कैदीहरूले कारागार तोडफोड गरी भागेका थिए। सेनाले हवाई फायर गर्दागर्दै पनि उनीहरू भाग्न सफल भएका थिए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया