

देशमा रगत अभाव टार्न लायन्स क्लव कपिलवस्तुको मेगा ब्लड डाेनेसन, १०१ पाेइन्ट संकलन





देशभर रगत अभावको समस्या बढिरहेको बेला लायन्स क्लव अफ कपिलवस्तुको अगुवाइमा आज जितपुरस्थित सि एण्ड सि अस्पताल अगाडि मेगा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जम्मा १०१ पोइन्ट रगत संकलन गरिएको आयोजकले जनाएका छन् ।
लायन्स अन्तर्राष्ट्रिय ३२५ पि अन्तर्गत जोन २२ का लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी, लायन्स क्लव अफ कपिलवस्तु स्टार, लायन्स क्लव अफ कृष्णनगर र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
हालैको जेनजी आन्दोलनका क्रममा घाइते भएकालाई रगत अभाव भएपछि आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलले बताए । साथै, जिल्लाभर रगत अभाव भएको अवस्थामा लायन्स क्लवलाई सम्झिन आग्रह गर्दै पौडेलले निरन्तर यस्ता सामाजिक कार्यमा क्लब सक्रिय रहने बताएका छन् ।
कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष, लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनीका पदाधिकारी, लायन्स क्लव अफ कपिलवस्तु स्टारका अध्यक्ष सागर पोख्रेल, लियो क्लव अफ कपिलवस्तुका अध्यक्षलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संयोजन लायन्स क्लव अफ कपिलवस्तुका द्धितीय उपाध्यक्ष सागर घिमिरेले गरेका थिए ।
रक्तदान कार्यक्रममा रेडक्रस उपशाखा वाणगंगा र सि एण्ड सि अस्पतालले प्राविधिक सहयोग पुर्याएका थिए ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया