

सर्वोच्च अदालतसँगै जले ६० हजार मुद्दाका फाइल

सर्वोच्च अदालत अझै जलिरहेको छ। काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए।
अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभेको छैन। भवनबाट धुवाँको मुस्लो छुटिरहेको छ।
सर्वोच्च अदालतमा बिहान पुग्दा त्यहाँ कर्मचारीहरू शोकमग्न भएर वरिपरि उभिरहेका थिए। अब दमकल ल्याएर आगो निभाउन पनि त्यसको उपादेयता नै नरहेको भनिरहेका थिए।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट भएको बताए। अहिले पनि मिसिलहरू जलिरहेका छन्। उनले एनेक्स भवन भएपनि जोगाउन अपिल गरेका छन्।
सर्वोच्च परिसरभित्रै पर्ने एनेक्स भवनमा महत्वपूर्ण कागजात रहेकाले त्यसलाई भएपनि जोगाउन उनले अपिल गरेका हुन्।
त्यहाँ फैसला भइसकेका अभिलेख शाखा समेत छ।
‘त्यहाँ फैसला भइसकेका अभिलेखहरू रहेको शाखा छ। पुरानो मिसिलहरू पनि छन्। त्यसलाई जोगाउन पाए इतिहास रहन्थ्यो,’ उनले भने, ‘अहिलेसम्म सुरक्षित नै छ। सम्पादन शाखामा भएका किताबहरूमा आगो लागिरहेको छ। ’
चौथो तलामा सूचना प्रविधि महाशाखा प्रधानन्यालयका केही फैसलाहरू जलेको उनले बताए।सुरक्षा गर्ने, आगलागी नियन्त्रण गर्ने लगायत कुनै पनि माध्यम बाँकी नरहेको ती कर्मचारीले बताए।
-सेतो पाटीबाट साभार


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया