

रूपन्देहीमा भएको प्रदर्शनमा दर्जनौं स्थानमा आगजनी र तोडफोड

रूपन्देहीमा मंगलबार बिहान ११ बजेदेखि सुरू भएको प्रदर्शन अहिले पनि जारी छ।
प्रदर्शनकारीहरूले जिल्लाका दर्जनौं स्थानमा आगजनी गरेका छन्। अहिले पनि आगजनी र तोडफोड रोकिएको छैन।
दिउँसो नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीले दलका नेताहरूका घर, सरकारी कार्यालय र होटेलहरूमा पनि तोडफोड र आगजनी गरेका छन्।
सैनामैनास्थित लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुमिश्वर ढकाल र सैनामैना नगरपालिकाका मेयर फणीन्द्र शर्माको घरमा प्रदर्शनकारीले आगजनी गरिसकेका छन्।
बुटवल राजमार्ग चौराहास्थित लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ, तिलोत्तमाको वडा नंं ८ चार नम्बर स्थित पूर्व गृहमन्त्री बालकृष्ण खाण, वडा नं. ४ विष्णुपुर स्थित संघीय सांसद एवं तिलोत्तमा नगरपालिकाका पूर्व मेयर वासुदेव घिमिरे लगायतका घरमा आगजनी र तोडफोड भएको छ।
त्यस्तै, बुटवल चाँदवारिमा रहेको राष्ट्रिय जनमोर्चाको कार्यालय, मजुवामा रहेको माओवादी केन्द्रको कार्यालय, अस्पताल लाइनस्थित आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी र तोडफोड भएको छ।
Laxmi bank
प्रदर्शनकारीहरूले बुटवल मिलन चोकमा रहेको होटेल ड्रिम इन्टरनेशनल र ड्राइभर टोलमा रहेको होटेल टुलिपमा पनि आगजनी गरेका छन्।
भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाको कार्यालय, सिद्धार्थनगर पालिकाका उपमेयर उमा अधिकारीको घरमा पनि आगजनी भएको छ।
अहिले पनि रूपन्देहीका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासको कार्यालयमा पनि प्रदर्शनकारीहरू प्रवेश गरिसकेका छन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया