

बालेनको आह्वान– राजीनामा आइसक्यो, संयमित रहनू


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘जेनजी’लाई संयमित हुन आग्रह गरेका छन् । मंगलबार सामाजक सञ्जालमा स्टाटस राख्दै संयमित हुन आग्रह गरेका हुन् ।
“हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला,” बालेनले मंगलबार दिउँसो लेखेका छन् ।
उनले जेनजी पुस्तालाई देशको नेतृत्व गर्नका निम्ति तयार रहन आग्रह गरेका छन् । “देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला,” उनले भने ।
सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् । उनले भने, “सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर, याद रहोस्– वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।”



खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया