

नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ : राष्ट्र संघ





सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयले आपत्ति जनाएको छ । यस घटनाको छानविन गर्न कार्यालयले माग गरेको छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीका तर्फबाट जारी नोटमा भनिएको छ, ‘नेपालमा प्रदर्शनकारीहरूको हत्या एवं घाइते भएकोमा हामी स्तब्ध बनेका छौँ । यसको शीघ्र र पारदर्शी अनुसन्धानको लागि आग्रह गर्दछौँ ।’
सामाजिक सञ्जाल प्लेटफर्ममा नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेको रिपोर्ट आफूहरूलाई प्राप्त भएको वक्तव्यमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय प्रवक्ताले भनेकी छन्, ‘सुरक्षा बल र बन्दुकको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गरिनुपर्दछ । हामी सरकारी अधिकारीहरूलाई शान्तिपूर्ण भेला एवं अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चित गर्न आह्वान गर्दछौँ ।’



खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया