

जेनजी प्रदर्शनकारीको आन्दोलनमा ठूलो संख्यामा मानवीय क्षति, कति पुग्याे मर्नेकाे संख्या ?

काठमाडौँमा जारी जेनजी प्रदर्शनकारीको आन्दोलनमा ठूलो संख्यामा मानवीय क्षति भएको छ। माइतीघरमन्डलामा बिहान ९ बजे शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन नयाँ बानश्वर पुग्दा हिंसात्मक बन्दै गएको थियो।
प्रदर्शनकारीले संसद् भवन प्रवेश गर्न खोज्ने, भित्रै आगजनी गर्ने र मुख्य गेट भत्काउन खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीको गोली लागेर अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ। जुन अहिलेसम्म नेपालमा भएको प्रदर्शनमा सुरुकै दिन भएको ठूलो मानवीय क्षति हो। यसअघि गत चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनकारीको प्रदर्शनमा एक पत्रकारलाई जिउँदै आगो लगाएका थिए भने अर्का एक प्रदर्शनकारीको मृत्यु भएको थियो।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया