
कपिलवस्तुमा लम्पी स्किन राेगकाे संक्रमण बढ्दाे, छैन प्रयाप्त भ्याक्सिन, देखिदैन नियन्त्रणमा चासाे !

विकराल बन्दै कपिलवस्तुमा लम्पी स्किन
राजेन्द्र खनाल, जितपुर । पशु चौपायामा संक्रमणका रुपमा फैलिरहेको ‘लम्पी स्किन’ रोग यतिबेला कपिलवस्तुसहित पश्चिम तराईका जिल्लामा महामारीकै रुपमा फैलिएको छ । जसका कारण किसानले पालेका पशुचौपाय यही रोगका कारण धामधम मरिरहेका छन । समयमै उपचार सेवा किसान सम्म नपुग्दा अझ यो रोगले वर्षेनी किसानले घाटा बेहोरिरहनुपरेको गुनासो बढ्दो छ।
लम्पी स्किन महामारीका कारण एक वर्षमा मात्र ३० हजारभन्दा बढी गाईबस्तु मर्ने गरेको तथ्याङक छ। यही रोगका कारण किसानले पालेका गाइवस्तमा दूध उत्पादन र मरेका पशुको विवरण जोड्दा करिब एक खर्बको नोक्सानी किसानहरूले बेहोरेको कृषि तथा पशुपंक्षी मन्त्रालयको आकलन छ।
पशु स्वास्थ्यमा यति धेरै क्षति हुँदा पनि नियन्त्रणमा सरकारी प्रयास चित्तबुझ्दो छैन । त्यसमाथि सरकारले पशुस्वास्थ्यसँग जोडिएका निकायमा बजेट कटौती गर्दा महामारी नियन्त्रण चुनौतीपूर्ण बनेको छ।
गाईभैंसीको जिउमा बिबिरा आउने र छाला कुहिने रोग लागेको भन्दै उपचारका लागि पशुप्राविधिक समक्ष पुग्ने किसान अहिले धेरै छन्। तर सरकारी मौनता र उपचारमा ढिलाइका कारण किसान निराश हुनुबाहेक अरु केही उपाय छैन। न प्रयाप्त भ्याक्सिन उपलब्ध छ, न त रोगको निवारणका उपाय केही छन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका पशु शाखा प्रमुख राजकुमार तिवारीका अनुसार प्रदेश मातहतबाट जिल्लामा र जिल्लो नगरमा खोप पठाउने गरेको भए पनि यहाँ लम्पी स्कीन नियन्णमा हरेको दाबी गर्छन । उनले रोग नियन्त्रणमा दाबी गरेजस्तो समुदायमा भने रोगी पशु र संक्रमणको अवस्था भने
बढी छ। तिवारीका अनुसार बाणगंगा नगरपालिकाभित्र मात्रै झण्डै ३ हजार ५ सय देखि ४ हजार गाई गोरु छन् । अधिकाशं यहाँका गौशालामा राखिएका र कतिपय किसानका गोठमा छन । दुई चार वटा मरेका भए पनि अन्यमा खोप लगाइएको उनको उल्लेख छ।
उता कपिलवस्तु जिल्ला भर लम्पी स्कीन रोगबिरुद्ध दिइने खोप करिब २० हजार आवश्यक रहने भेटेरनरी अस्पता तथा पशु सेवा विज्ञ केन्द्र तौलिहवाको तथ्याङ्क छ। तर सरकारी तहबाट आधा मात्रमा पनि खोप उपलब्ध हुँदैन । केन्द्रका प्रमुख सुकै प्रसाद चौधरीका अनुसार गत वर्षको ४ हजार खोप स्टक रहेको र यस वर्ष थप ७ हजार मात्रै उपलब्ध रहेको बताए। आफूले १३ हजार तत्काल आवश्यक रहेको भनि माग गरेको भए पनि खोप उपलब्ध नभएको चौधरीले साझाकुरासँग बताए।
कपिलवस्तु जिल्लामा भाइरल रोगको रुपमा लम्पी स्कीन रोग केही वर्ष देखि देखिइरहेको भए पनि समयमै खोप उपलब्ध हुन नसक्दा यसको असर कम गर्न चुनौति रहेको उनले बताए । बाणगंगामा एक पशु प्राविधिका अनुसार खोप उपलब्ध हुन सके रोग नियन्त्रण गर्न सकिने अवस्था छ तर पालिका र सम्बन्धित निकायले रोगको संक्रमण नियन्त्रणमा गम्भिरयता नदेखाउँदा समस्या थप बढ्दो रहेको उनले बताए । बाणगंगामा मात्रै अहिले सम्म जम्मा ९ सय पशुमा भ्याक्सिन लगाइएको छ। तर लगाउन पर्ने पशुको संख्या ४ हजार बढी छन् । खोपको अप्रयाप्तताका कारण किसानका चौपाया रोगको सिकार बनिरहेका हुन।
के हो लम्पी स्किन ?
यो सबै उमेरका गाई तथा भैसीहरुलाई लाग्ने एक प्रकारको सङ्क्रामक तथा सरुवा रोग हो। यस रोगले विशेष गरि गाईलाई असर गर्दछ । यस रोगबाट स्थानीय जातका गाई भन्दा उन्नत जातका गाई बढी प्रभावित हुने गर्दछन् । यस रोगले मुख्यत पशुको छालामा असर गर्दछ र बिरामी पशुको छालामा गाँठागुठीहरु देखा पर्ने गर्दछन् ।
अफ्रिकामा उत्पति भएको यो रोग सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्व युरोप हुँदै एशियाको बङ्गालादेश तथा भारतमा आएको पाइन्छ । यसै गरि नेपालमा मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाको गाईहरुमा वि.सं २०७७ साल अषाढमा पहिलो पटक देखिएको थियो भने रोगको पुष्टि – चाहि १२ श्रावण २०७७ मा गरिएको
थियो। हाल यो रोग नेपालको ७७वटै जिल्लामा देखा परिसकेको छ।
यो रोगको असरमा खासगरी पशु तथा कृषकहरुमा प्रत्यक्ष रुपमा पर्दछ । यो रोग डिएनए भाइरस समुह अन्र्तगतको एलएसडी भाइरस पोक्स्भीराइड परिवारका जेनस काप्पीपोक्स विषाणुको कारणले गर्दा लाग्ने गर्दछ।
यो गाईभैंसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने भिंगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ। सङ्क्रमित गाईभैंसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार
गर्ने क्रममा फरक गाईभैंसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ। गर्मीयाममा लामखुट्टे र किर्ना
आदिको सत्त्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।
यसको उपचार के हो?
यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्। “यो रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ। तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो। सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन,” पशु प्राविधिक बसन्त सुवेदीले भने ।
भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ। “एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहोऱ्याएर गाईभैंसीलाई फेरि लाग्दैन भन्ने चिकित्सकको ठम्याइ छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया