

कपिलवस्तुमा राष्ट्रिय परिचयपत्र बनाउनेको चाप, शनिबार पनि सेवा दिँदै प्रशासन

कपिलवस्तु | सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राष्ट्रिय परिचयपत्रको सेवा शनिबार समेत प्रदान गर्ने भएको छ ।
भोलि शनिबार पनि सदाझैं कार्यालय खुला गरेर बिहान १० बजेदेखि राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सुविधा प्रदान गरिने प्रशासनले जनाएको छ । सरकारी काममा क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि अहिले प्रशासनमा परिचयपत्र बनाउन आउनेको भिड लाग्ने गरेको छ । चाप बढेसँगै परिचयपत्र बनाउने फाँटमा एउटा काउन्टर समेत थपिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।यसअघि यहाँ दुई काउन्टर मात्र रहेका थिए ।
प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कुपन प्रणाली लागू गरिएको छ । कपिलवस्तु, महाराजगन्ज र बुद्धभुमि नगरपालिका तथा यशोधरा, मायादेवी र सुद्धोधन गाउँपालिकाका सेवाग्राहीको काम जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको छ ।



खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया