
लायन्स क्लव कपिलवस्तुको अवारनेस प्रोग्राम : लागुऔषध, मानव तस्करी र साइबर अपराधविरुद्ध विशेष सचेतना

नवराज बेल्वासे | लायन्स क्लब अफ कपिलवस्तुद्वारा ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा विशेष चेतनामूलक विशेष कार्यक्रम सम्पन्न गरेको छ । युवाहरूमा बढ्दो लागुऔषध दुरुपयोग, मानव तस्करी र साइबर अपराधका जोखिमलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराले प्राविधिक सहयोग प्रदान गरेको थियो । इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जी.सीले सहभागी युवाहरुलाई लागुऔषध प्रयोगबाट हुने स्वास्थ्य, सामाजिक तथा कानुनी क्षतिको विस्तृत जानकारी दिएका थिए । उनले मानव तस्करी र साइबर अपराधसम्बन्धी विभिन्न यथार्थपरक उदाहरण प्रस्तुत गर्दै सजग र जिम्मेवार बन्न आग्रह गर्दै प्रशिक्षण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वाणगंगा–२ का वडाध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले समाजलाई स्वस्थ, सुरक्षित र अनुशासित बनाउन यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले युवा पुस्ता देशको आधारशिला भएको हुँदा उनीहरूलाई गलत बाटोबाट जोगाउन अभिभावक, विद्यालय र समुदाय सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
लायन्स अन्तर्राष्ट्रिय ३२५ पि का लिडर सुरेन्द्र घिमिरेले युवालाई सचेत बनाउन सकिए मात्र अपराध नियन्त्रण सम्भव हुने उल्लेख गर्दै लायन्स क्लब अफ कपिलवस्तुले निरन्तर सामाजिक गतिविधि सञ्चालन गर्दै आएको बताएका थिए ।
स्थानिय समुदाय, विद्यालय परिवार र सहभागी युवाहरुले यस्ता गतिविधिले आगामी दिनमा समाजलाई सुरक्षित र अनुशासित बनाउन ठुलो योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रम संयोजक प्रेम नारायण पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने लायन्स क्लब अफ कपिलवस्तु वर्ष २०२५÷२६ का अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सन्दीप भट्टराईले सञ्चालन गरेका थिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया