

एएफसी यू-२३ एशिया कप छनौटमा आज नेपालले ताजिकिस्तानको सामना गर्दै

एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले आज ताजिकिस्तानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि ताजकिस्तानको दुशान्बेस्थित सेन्ट्रल स्टेडियममा शुरु हुदैछ ।
एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष स्थानमा रहने देश यू-२३ एशिया कपमा छनौट हुने छ भने समुहमा दोस्रो स्थानमा रहने शिर्ष चार देशपनि एशिया कपमा छनौट हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टिम ताजकिस्तान पुगेको छ ।
नेपाली यू-२३ टिममा गोलकिपरमा कृष्णा मोक्तान, अमित टमटा र विशाल केसी रहेका छन् भने डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु र सेमन्त थापा रहेका छन् । त्यस्तै मिडफिल्डरमा अभिषेक सेङटाङ, आयुष घलान, आरोन थापा, निरज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुञ्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् भने फरवार्डमा रोहन खड्गी र निरजन धामी रहेका छन् ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया