



कोईलीचौर सामुदायिक वनकाे २६औँ वार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु, । बाणगंगा नगरपालिका–९ भलवाडस्थित कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समितिको २६औँ वार्षिक साधारणसभा आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष माधुरी सेन गिरीले आर्थिक वर्ष २०८२/०८३ को कुल २ करोड ११ लाख १६ हजार बराबरको प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गरिन्। सो अवसरमा समितिका अध्यक्ष कुन्तामणी भुषालले आगामी वर्षको नीतिगत कार्यक्रम सार्वजनिक गर्दै वन व्यवस्थापनलाई उपभोक्ताको जीविकोपार्जन, गरिबी न्यूनीकरण तथा कृषि सिंचाइ क्षेत्रमा योगदान पुर्याउने कार्यमा विशेष प्राथमिकता दिइने बताए।
सचिव सुस्मा क्षेत्रीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा समितिले कालोपत्रे सडक निर्माणसहित विभिन्न रचनात्मक काममार्फत बस्ती विकासमा उल्लेखनीय योगदान गरेको उल्लेख गरिएको थियो।
साधारणसभामा बोल्दै प्रमुख अतिथि सव–डिभिजन बन कार्यालय गोरुसिङ्गेका प्रमुख मोतिलाल पौडेलले कोईलीचौर सामुदायिक वनले नमुना काम गर्दै आएको भन्दै निरन्तर सक्रियता आवश्यक रहेको धारणा राखे। त्यस्तै, वडा नं. ९ का अध्यक्ष कमल पौडेल, विभिन्न सामुदायिक वनका प्रतिनिधि, सञ्चारकर्मी तथा राजनीतिक व्यक्तित्वहरूले पनि शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको अवसरमा विभिन्न गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो।

आगामी वर्षका प्रमुख कार्यक्रमहरू
खाली क्षेत्र र नदी–खोल्सी आसपास वृक्षारोपण र संरक्षण,
तटबन्ध तथा फायरलाइन निर्माण,
वन डढेलो नियन्त्रण,
अतिक्रमण हटाई पार्क तथा पोखरी निर्माण,
काठ–दाउरा संकलन तथा वितरण,
उपभोक्ता क्षमता अभिवृद्धि तालिम,
चोर निकासी नियन्त्रणका लागि गस्ती,
छात्रवृत्ति तथा पोसाक वितरण,
कृषि उत्पादन वृद्धिका लागि नहर, बोरिङ मर्मत र हुँड निर्माण,
गाउँबस्तीमा खानेपानी पाइपलाइन जडान,
विपन्न वर्ग र दैवी प्रकोप पीडितलाई राहत सहयोगजस्ता कार्यहरूलाई प्राथमिकतामा राखिने भएको छ।
कार्यक्रम वनका अध्यक्ष कुन्तामणी भुषालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष देवबहादुर श्रीसको स्वागत र सचिव सुस्मा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया