
रुपन्देही ३ उपनिर्वाचन : रास्वपाले आज उम्मेदवार सार्वजनिक गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार सार्वजनिक गर्दैछ । दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक सकिएलगत्तै उम्मेदवारको नाम सार्वजनिक गर्ने रास्वपाका एक नेताले जानकारी दिए ।
उपनिर्वाचनका लागि ९ जना आकांक्षी छन् । सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् । सम्भावित उम्मेदवारको रुपमा सुलभ खरेलको नाम बढी चर्चामा छ ।
आकांक्षीहरुमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गर्ने रास्वपाले जनाएको छ ।
यसैबीच रास्ववाका आकांक्षी उम्मेदवारहरु आज बिहान ९ बजे पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै छन् । उनीहरुले लामिछानेलाई सामूहिक रुपमा भेट्ने बताइएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राप्रपाका नेता दीपक बोहोराको निधन भएकाले सो स्थानमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया