

इम्बोस्ड नम्बर प्लेट तत्कालै लगाउन सकिँदैन : यातायात व्यवसायी





देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले सोमबार प्रेस विज्ञप्ति जारी गरी देशभर रहेका यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट लगाउने प्रविधिको विकास नभएकाले तत्काल उक्त निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।
नेपाल सरकारले सार्वजनिक तथा निजी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय गरी कार्यान्वयनमा जाँदा आमरुपमा विरोध पश्चात इम्बोस्ड नम्बर लगाउने कार्य स्थगित भएको अवस्थामा पुनः यसलाई लगाउने निर्णय न्यायोचित छैन,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले इम्बोस्ड नम्बर प्लेट लगाउने विषयमा सर्वाेच्च अदालतबाट भएको फैसलालाई भने स्वागत गरेको छ ।
वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारीका साधनका व्यवसायीले पुरानै नम्बरमा कर तिर्ने कागजपत्र नवीकरण गर्ने र इम्बोस्ड नम्बरको राजस्व मात्र लिएको र भौतिक पूर्वाधारविना राजस्व असुली गर्ने कार्य न्यायोचित नभएको हुँदा तत्काल जारी गरिएको सूचनालाई पुनःमूल्याङ्कन गर्न सरकारलाई आग्रह गरेको छ ।



खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया